ढल्यो तनहुँ काँग्रेसको सतिसाल।

पौष २ गते बुधबार ।

__________ बिज्ञापन____________

तनहुँ दमौली ।

__________ बिज्ञापन____________

तनहुँ काँग्रेस शोकाकुल ।तनहुँ काँग्रेसका सतिसाल भनेर।चिनिने एउटा फलामे छातीको अन्त्यले काँग्रेस मर्महात भएको  छ। नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा एवं प्रजातन्त्र सेनानी विष्णुप्रसाद वाग्लेको ९२ वर्षको उमेरमा निधन भएको छ। व्यास नगरपालिका–५ निवासी वाग्ले लामो समयदेखि प्रजातन्त्र प्राप्तिको हरेक मोर्चामा सक्रिय रहँदै आउनुभएको थियो।

राजनीतिक यात्रा र संघर्ष
स्वर्गीय वाग्ले नेपालका ऐतिहासिक राजनीतिक क्रान्तिहरूका साक्षी र सहभागी हुनुहुन्थ्यो। उहाँको सक्रियता निम्न आन्दोलनहरूमा उल्लेखनीय रहेको थियो:

२००७ सालको जनक्रान्ति

२०११ सालको तिरो बन्दी आन्दोलन

२०१४ सालको भद्र अवज्ञा आन्दोलन

२०१८ सालको सशस्त्र क्रान्ति र २०२८ पछिको भूमिगत आन्दोलन

२०३६ सालको जनमत संग्रह र पछिल्ला जनआन्दोलनहरू

विशेषतः २०१८ सालमा मुक्ति सेनाले चितवनको भरतपुर कब्जा गरेपछि तत्कालीन शाही सेनाले उहाँलाई नियन्त्रणमा लिई उहाँको जायजेथा समेत जफत गरेको थियो।

अन्तिम बिदाइ र श्रद्धाञ्जली
स्वर्गीय वाग्लेको बुधबार दमौलीस्थित सेती र मादी नदीको संगमस्थल दमौली घाटमा अन्तिम दाहसंस्कार गरिएको छ। उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेताहरूले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।

श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, जिल्ला सभापति जीतप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, र प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्ष समुन्द्र गोदार लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रेस प्रमुख ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
174 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।