पौष ८ गते मंगलबार ।तनहुँ ।
ब्यंग्य।
भानु नगर बिकासमा हिरो कि जिरो। गफमा अब्बल योजना शून्य ।बिकास र समृद्धि कुन चराको नाम हो अत्तोपत्तो छैन सबै जनप्रतिनिधि बेखवर हुन।मैले अगाडिदेखि नै आंकलन गरेको थिए ।भानु नगरपालिकामा प्रेस बिचौलिया मुक्त भानु बनाउने र भानु नगर भित्रका निष्ठावान पत्रकारको रोजगारी र सुरक्षा चुनौतीको ग्यारेन्टी गर्ने ।यो मामुली कुरा हो।यसलाई उछाल्न आवश्यक छैन्।
तर बिचौलिया प्रसादको कुरा मैले बुझ्न नसकेको हो वा मलाई बुझ्ने र चिन्ने जमर्को नगरेको हो ।त्यो बिचौलिया प्रसादको समस्या हो उहीँ जानोस्।बुझोस्।
बिचौलिया प्रसादहरुको रुवाबासी चल्नेवाला छ।उनिहरु भन्छन् ।यी मिडियाका उत्पादन हुन्।होहल्ला र स्यालहुइयाँपनका उपज हुन।हावामै पलाउनेर हावामै बिलाउने हुन्।बिर्खे टोपीले पसिना पुछेर भानुभक्तको र भानु नगरपालिकाका जनताको मान सम्मानमा कुठाराघात गर्न तम्सेर लागेका हरुको लागि यो ब्यङ्ग्य पत्रले कलम मार्फत पठाएको निमन्त्रणा कार्ड भनेर बिचौलिया प्रसादले राम्रोसँग बुझ्लान र खोइ?बिर्खे टोपीको सम्मान पसिना पुछेर गुमानेको कोट जस्तो कोटको खोल्तीमा सप्रेको मूला भाँचेर सकि नसकि भानुका जनताको बिकास र निकास पनि गुमानेको कोटको खोल्तीमा नघुसार्नु ल बिचौलिया महासयहरु।
भानुका नगर पितालाई पनि मैले धेरै पटक लम्पसार परेर साष्टाङ्ग ढोग गर्दै बिचौलिया प्रसादको पछि लागेर मोज मस्तिमा धेरै नझुम्मिन बिन्ति बिसाएको धेरै भएको छ।
मैले उहाँलाई भनेको पनि छु।नगर पिता तपाईंको जनताले धेरै आशा,बिश्वास र भरोसा गरेका थिए अझै पनि जनताले त्यो झिनो आशा र भरोसा डगमगाउन दिएका छैनन् ।तपाईं एक पटक आफ्नो अन्तरमनको ढोकाबाट फुत्त निश्केर स्वयंको बुद्वि र ज्ञानको प्रतापले एकपटक सयवाटको सिएफएल चिम झैं बल्नुभो भने बिचौलियाहरुको ठाउँको ठाउँ नेत्र ज्योति भस्म भई दृष्टि बिहिन हुनेछन् । अनि तिललाई पहाड र पहाड लाई हिमाल बनाउने आँखा गुमेपछि मोबाइलको कल बटम थिच्न पनि सहयोगी खोज्नुपर्छ विचौलिया प्रसादले।
अनि बन्छ समृद्ध भानु ,सुखी भानु।बडा अध्यक्ष हरुपनि अहिले त फ्यूजको तार छुटेका चिम जस्ता भएका छन् बिचौलिया प्रसादको रेलको आवाज ,घण्टीको आवाज,पानी जहाजको आवाज ,सिंगापुरको धुलो र धुवाको मुस्लो अनि स्विजरल्याण्डको झिलिमिलिले र किर्तिपुरको डाँडामा ल्यापटप बोकेर महिनामा ३लाख ५लाख कमाउने बिचौलियाका सन्तान सबै लाई फेरि।एक पटक कोरानाजन्य महामारीले सखाप पार्ने दिन धेरै टाढा पनि छैन सबैले धैर्य गरौ।