डा.अधिकारी सदस्यमा नियुक्त ।

पौष ९ गते बुधबार ।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

काठमाडौं विश्वविद्यालयको प्राज्ञिक परिषद् सदस्यमा प्रा.डा. निर्मलमणि अधिकारी मनोनित भएका छन्।
काठमाडौं विश्वविद्यालयको प्राज्ञिक परिषद् (एकेडेमिक काउन्सिल) को सदस्यमा प्रा.डा. निर्मलमणि अधिकारी मनोनित हुनुभएको छ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा (सिनेट) को बैठकले अधिकारीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो। काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ८ को उपदफा १ (घ) मा रहेको प्रावधान अनुसार उहाँलाई परिषद् सदस्यमा मनोनयन गरिएको हो।

तीन वर्षको कार्यकाल तनहुँको म्याग्दे गाउँपालिका–४ छाङ, पिपलटारमा जन्मनु भएका प्रा.डा. अधिकारी हाल काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख हुनुहुन्छ। उहाँ मिडिया अध्ययन विषय समितिको अध्यक्षको रूपमा समेत कार्यरत हुनुहुन्छ। नवनियुक्त सदस्यको रूपमा उहाँको कार्यकाल तीन वर्ष रहनेछ।

प्राज्ञिक योगदान सञ्चार सिद्धान्त र पूर्वीय दर्शनका अध्येता डा. अधिकारीले विशेषगरी ‘साधारणीकरण’ मोडलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्राज्ञिक क्षेत्रको पहिचान बनाउनुभएको छ। विश्वविद्यालयको शैक्षिक नीति निर्माण र प्राज्ञिक गुणस्तर सुधारका लागि उहाँको मनोनयनलाई अर्थपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
265 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।