पौष ९ गते बुधबार ।
भानु ९ पुर्कोट ।
तनहुँ ।
कुनै पनि जन्मकुण्डलीको मूल दशा = विंशोतरी दशा
किन?
उत्तर- ऋषि पराशरले बृहत् पराशर होरा शास्त्र मा यसलाई मुख्य दशा भनेका छन्
जन्म नक्षत्रबाट स्वतः लागु हुन्छ,
जीवनका ठूला मोड (शिक्षा, विवाह, करियर, धन, रोग, मृत्यु) यहीँबाट हेर्नुपर्छ,
त्यसैले (महादशा – अन्तरदशा – प्रत्यन्तर) सधैं विंशोतरीबाट सुरु गर्नु राम्रो हुन्छ,
घटना–दुर्घटना–रोग–मुद्दा जस्ता “तीव्र घटना” का लागि यहाँ केवल विंशोतरी काफी हुँदैन त्यसैले सहायक दशा चाहिन्छ।
त्रिभागी दशा — अचानक घटना बुझ्न सबैभन्दा उपयोगी त्यसैले त्रिभागी दशा
अचानक रोग, एक्सिडेन्ट, सर्जरी, कानुनी मुद्दा, जेल, झगडा,मानसिक आघात,
मृत्यु नजिकको अवस्थाकाे लागि उपर्युक्त
किनकि त्रिभागी दशा ३–३ वर्षमा ग्रह बदल्छ, ग्रहको तात्कालिक परिणाम देखाउँछ, विशेषगरी ६, ८, १२ भाव सम्बन्धित घटनामा सटीक जानकारी दिन्छ,
सुत्र- विंशोतरीले “समय खोल्छ” त्रिभागीले “घटना ठोक्छ”
योगिनी दशा योगिनी दशा कहिले हेर्ने ? रोग, संकट, तन्त्र–बाधा बुझ्न, लामो रोग
रहस्यमय पीडा, बारम्बार समस्या, उपचार गर्दा पनि ठिक नहुने अवस्था, तन्त्र, ग्रह बाधा शंका यस्तोमा ।
(योगिनी दशाको विशेषता, ग्रह होइन, योगिनी शक्तिमा आधारित, चन्द्र–लग्न दुबैसँग जोडिन्छ,यसले रोग र मानसिक अवस्थाको सूक्ष्म संकेत दिन्छ।
विशेषगरी भद्रा, शङ्कटा, भ्रामरी योगिनी रोग, भय, अवरोध देखाउँछन्
सुष्म / प्रत्यन्तर विश्लेषण
-विंशोतरी महादशा-जीवनको ठूलो विषय, -अन्तरदशा – कुन क्षेत्र
-प्रत्यन्तर / सुष्म- ठीक कुन समय हाे,
उदाहरणका लागि
शनि महादशा मा राहु अन्तर
मंगल प्रत्यन्तर
असर -एक्सिडेन्ट / सर्जरी सम्भावना भन्न सकिन्छ,
दशाको अन्त्य–सुरुआतको “सन्धि काल”
यही समयमा अचानक समस्या आउन सक्छ जस्तो – रोग बल्झनु , जागिर छुट्नु, सम्बन्ध टुट्नु, एक्सिडेन्ट आदि ।
नियम- दशा अन्त्यको 3–6 महिना नयाँ दशा सुरुको 3–6 महिना
संबेदनसिल समय यही बेला उपाय, सतर्कता, मुहूर्त अत्यन्त जरुरी देखिन्छ,
छाेटकरीमा भन्दा
-जीवनको मूल दिशा(विंशोतरी)
-विवाह, करियर, धन
(विंशोतरी + अन्तरदशा)
-दुर्घटना, सर्जरी(त्रिभागी)
-रोग, बाधा(योगिनी)
– एक्लो दशा कहिल्यै नहेरिने
– कम्तिमा २ दशा मिल्नै पर्छ,
👉️सजिलो सूत्र
“विंशोतरी समय हो,
त्रिभागी घटना हो,
योगिनी कारण हो,
सुष्म क्षण हो।”
रेग्मी गुरुको बिचार ।