गलेश्वरधामले प्रकाशनमा ल्यायो शुद्ध पञ्चाङ्ग साधन विधि।

पौष ९ गते बुधबार ।

__________ बिज्ञापन____________

गलेश्वर धाम।

__________ बिज्ञापन____________

हार्दिक आभार स्वामीज्यूप्रति 🙏🙏🙏
*************
धेरै अघि नै छापाखानामा गइसकेर पनि छापाखानाको प्राविधिक कारणले लगभग २ महिनापछि भास्वती प्रकाशन भएको छ । वराहमिहिरद्वारा पञ्चसिद्धान्तिकामा सङ्कलित सूर्यसिद्धान्तका आधारमा रचना गरिएको प्रस्तुत भास्वती ग्रन्थ करणग्रन्थ हो । यी करणग्रन्थहरू सिद्धान्त ग्रन्थकै आधारमा कुनै निश्चित कालका लागि बनेका हुन्छन् । १०२१ शकसंवत्मा रचना गरिएको भास्वती ग्रन्थ धेरैपछि सम्म पनि नेपालमा पञ्चाङ्गसाधनका लागि प्रयोग गरिएको ग्नन्थ हो । पछि सूर्यसिद्धान्तका आधारमा बनेका सिद्धान्तसारिणी मकरन्द सारिणी इत्यादिबाट पञ्चाङ्ग गनिँदै आएकामा अझ स्पष्टताका लागि सिद्धान्तग्रन्थ सूर्यसिद्धान्तकै आधारले नै पञ्चाङ्गसाधनको परम्परा चल्दै आएको छ ।

अहिले नेपालमा पञ्चाङ्गसंशोधन भन्दै उफ्रनेहरूलाई सायद सिद्धान्त ग्रन्थ र करण ग्रन्थको भिन्नताका बारेमा पनि ज्ञान छैन होला । त्यसैले उनीहरूले केतकरद्वारा शक संवत् १८०० मा गनिएको केतकरीय करणग्रन्थका आधारमा ग्रहगणित गर्न पर्छ भनेर उफ्रिरहेका देखिन्छन् । केतकरले नै लेखेको ज्योतिर्गणितम् त्यो भन्दा बरु स्पष्ट छ भन्ने नै उनीहरूलाई थाहा छैन । किनकि उनीहरूले जानेर गरेको भन्दा पनि कसैले अह्राएर गरेकाले त्यही कि त्यही भन्दै उफ्रिरहेका देखिन्छन् । तर करणग्रन्थभन्दा करण ग्रन्थकै आधारग्रन्थ माउ ग्रन्थका आधारमा गनिएका ग्रह हाम्रा धर्मशास्त्रोक्त कर्मका लागि अझ स्पष्ट हुन्छन् भन्ने उनीहरूलाई पत्तै छैन ।

यसै सिलसिलामा पञ्चाङ्ग साधनका लागि के कस्ता ग्रन्थहरू प्रयोग गरिन्थ्यो ? अहिले यी ग्रन्थका आधारमा गनिएका ग्रहहरूमा कतिको अन्तर पर्ने गर्छ ? पञ्चाङ्गसाधनको विधि के हो ? इत्यादि कुराको ज्ञानका लागि कक्षा १२ को फलितज्योतिष विषयको पाठ्यक्रममा राखिएको यो भास्वती ग्रन्थको दोस्रो संस्करणको प्रकाशन गलेश्वर आश्रमले गरेको हो । अतः गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यू महाराजबाटै नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् शिक्षाध्यक्ष आदरणीय गुरु प्राध्यापक रमेश ढकालज्यूको उपस्थितिमा यो ग्रन्थको शिवार्पणका साथ लोकार्पण पनि आजै गर्नुभएकाले अब यो ग्रन्थ गलेश्वर आश्रम एवम् रत्न पु्स्तक भण्डारका साथ विभिन्न स्थानमा उपलब्ध हुनेछ । अतः कक्षागत पाठ्यक्रम पठनपाठनका लागि एवम् व्यक्तिगत रूपले पनि अध्ययन गर्न चाहनुहुने महानुभावहरूले माथि भनिएका स्थानमा सम्पर्क गर्नु सक्नुहुनेछ ।

अन्त्यमा पुस्तक प्रकाशनका लागि परमवन्दनीय महामण्डलेश्वर स्वामीज्यू एवम् गलेश्वर आश्रम परिवारमा विशेष आभार प्रकट गर्दछु

खनाल गुरु।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
148 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।