पौष ११ गते शुक्रबार ।
भानु ९ पुर्कोट तनहुँ ।
साधारणसभा सम्पन्न । कालिका बहुमुखी क्याम्पस रानी पानी तनहुँमा टिकेप्रथा हावी।पुर्कोटको धरोहरमाथि गम्भीर प्रहार ।क्याम्पसको समग्र सुधार प्रक्रियामा गतिरोध उत्पन्न ।पेलेर क्याम्पस व्यवस्थापन समिति गठन। बिद्यालय तथा क्याम्पसका सेवा नेपालको बिकास को मेरुदण्ड हो । देशकै ऐतिहासिक महत्त्व र विरासत बोकेको त्रि वि को सम्बन्धन प्राप्त यस कालिका बुहुमुखी क्याम्पसको बिषयमा जनमानसमा धेरै गुनासो रहिआएको छ । गुणस्तरीय शिक्षा र प्रतिस्पर्धात्मक अपरिहार्यतालाई कसैले नकार्न नसक्ने भएकाले यसको सुदृढीकरणका लागि क्याम्पस ब्यवस्थापनको निरन्तर सुधार एक मात्र विकल्प हो । तनहुँ लमजुङ र गोरखा जिल्लामा समेत प्रभाव पार्न सक्ने र उपयुक्त भूगोलमा सञ्चालनमा आएको यो क्याम्पस अहिले गफमा अब्बल र नतिजामा शून्य बनाउने ब्यवस्थापनको एउटा सिण्डिकेट रुपी झुण्ड सधैंभरि हावी भएको कुरा चर्चाको सिखरमा छ । स्नातक तह जस्तो कक्षाको पढाइको व्यापक सुधारमार्फत यसको छवि विनिर्माण गर्नुपर्ने दायित्वलाई जेनजी आन्दोलनपछिको कार्यभारका रूपमा अगाडि बढाउनु सान्दर्भिक हुने देखिएको छ ।
एकात्मक व्यवस्थापन चरित्र बोकेको पुरानो नातावाद ,कृपावाद,को समूल नष्ट गरेर व्यवस्थापन परिवर्तन गरी क्याम्पस को गतिविधि र शिक्षा चुस्त राख्ने व्यवस्था गर्ने क्रममा हामी लामो समय देखि पछाडि पर्दै परिदै आएका छौ ।हलो अड्काएको अवस्थामा पनि छौँ । व्यवस्थापन समितिको अभावमा नयाँ समिति गठन र नियमावली त्रिबि ऐन निर्माण अगाडि बढ्न सक्ने अवस्था तत्काल नभए पनि घोषित निर्वाचन नजिकिँदै जाँदा निर्वाचन समितिले यस ऐनको व्यापक रूपान्तरणलाई नारा बनाई त्यसप्रति आगामी दिनमा जवाफदेहिता अवलम्बन गर्न सक्ने वातावरण बनाउने यो सुवर्ण अवसर हो । विशेष गरी दारूण अवस्थामा रहेको सार्वजनिक शिक्षामा जनताको चासो र चिन्ता बढ्नुका साथै सेवा प्रवाह र परिवर्तित सूचना प्रविधि युगको मागलाई ध्यान दिएर उच्च शिक्षाको कार्यशैली परिवर्तन गर्न संरचनागत र कार्यगत सुधारको खाँचो अहिलेको ज्वलन्त विषय हो । यसका लागि नैतिक, जवाफदेही, उत्तरदायी, सूचना प्रविधिमैत्री र सदाचारी कार्यशैलीसहितको रूपान्तरणलाई जोड दिनु आवश्यक छ ।
कार्यक्रम, कार्यबोझ, कार्यप्रकृतिका साथै कारण र औचित्यसमेतका आधारमा समिति गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने र शिक्षाको गुणस्तर नदेखिएको र गुणस्तर खस्केको उत्पादकत्वको अवस्था भने कमजोर हुँदै गएको अनुभव तितो यथार्थ हो ।
पदपूर्तिका लागि तोकिएको समयावधिमा माग आकृति फारम भरी बिश्वबिद्यालय नियमावली बारे कुनै जानकारी समितिले उपलब्ध नगरी नियमित तालिकाबमोजिम पदपूर्तिको सुनिश्चितताका लागि त्रि वि ऐनमा व्यवस्था भएको भए पनि यो वा त्यो बहानामा पदपूर्ति समेतको नियमितता कायम हुन सकेको छैन । केही पदमा पदपूर्ति नै हुने अवस्था पनि थिएन।आजको व्यवस्थापन समितिको नियुक्ति तथा पदस्थापनलाई आवश्यकता र पद्धतिमा आधारित बनाई वृत्तिपथबारे अनुमानयोग्य, पारदर्शी र विश्वसनीय अवस्था सिर्जना गराउन आवश्यक छ ।यो नोकरीको बढुवा जस्तो बढुवा हुने प्रचलित सामाजिक ठाँउ ओगट्ने क्यानसर जन्य रोगको उन्मुक्ति जरुरी छ।
सम्पादकीय ।