पौष १३ गते आइतबार ।
तनहुँ ।
मानवीय जीवन र ऋषिमुनि को खोज अनुसन्धानका सार तत्व ।।वायुरनिलममृतमथेदं भस्मान्तं शरीरम्।
ॐ क्रतो स्मर कृतं स्मर।
क्रतो स्मर कृतं स्मर।।
सम्पूर्ण मानवहरुले आफूभित्र रहेको आत्मबल रुपी विश्वास र अनुभूतिलाई सधैंभरि शुभ कर्ममा लिन गर्नु पर्छ।जीवन चलाउने ठूलो शक्ति प्राण वायु हावा हो।अग्नि ,पृथ्वी ,जल,वायु र आकाश तत्व द्वारा निर्मित र तिनै तत्वमा बिलिन जीवनमा रोग,भोक,शोक व्यर्थ छन।तर जीवन चलाउन यी कुरा गर्नु अनिवार्य पनि छ। हामीले यो कुरा भूल्नु हुदैन कि। जीवनमा जुन कर्म गरियो त्यो मात्र अन्तिम स्मरणको सारमा रहने छ। त्यसकारण असल कर्म गर्न र लोभ,माया,मोह,पाप कर्म बाट बच्नु र बचाउनु पर्छ मानवजातीलाई।धर्म ग्रन्थ र ढोंग मात्र होइन जीवन र जगत बचाउने कानुन पनि हो। हामीले यो कुरा स्मरण गरौं कि हामीले गरेका हरेक कर्महरूको गुण दोष शरीरको मृत्यु पश्चात् समेत स्मरणमा सुरक्षित रहने छ।हामीले नजानेर, बिचार या दृष्टिकोणलाई पनि दर्शन भनेर परिभाषित गरिदिन्छौ। तर दर्शन र दृष्टिकोण भनेका विपरीत शब्द हुन। पश्चिमाहरुले जसलाई दर्शनशस्त्र भनेर परिभाषित गर्दछन वास्तवमा उनको त्यो उनीहरुको बिचार अर्थात दृष्टिकोणहो। दर्शनको अर्थ हुन्छ तेस्रो नेत्रले देखेको या जानेको कुरा।हामीले नजानेर, बिचार या दृष्टिकोणलाई पनि दर्शन भनेर परिभाषित गरिदिन्छौ। तर दर्शन र दृष्टिकोण भनेका विपरीत शब्द हुन। पश्चिमाहरुले जसलाई दर्शनशस्त्र भनेर परिभाषित गर्दछन वास्तवमा उनको त्यो उनीहरुको बिचार अर्थात दृष्टिकोणहो। दर्शनको अर्थ हुन्छ तेस्रो नेत्रले देखेको या जानेको कुरा।
दर्शनको खोज ( सवितुर खवर )