धर्मो रक्षति: रक्षित:।।परमो धर्मो भयावह।

पौष १४ गते सोमबार ।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

“स्वधर्मो निधनं श्रेय: परोधर्मौ भयावह:”
विगत २-३ बर्षदेखि याे समाज नियाल्दै छु र समाजकाे अव्यवस्थित व्यवस्थाकाे सूत्रपात कसरी भयो कहिलेदेखि भयाे र किन भयाे भनेर गम्भीरतापूर्वक मनन गर्दै जाँदा ८५% सत्ता लाेलुपताका पारखीहरू देखें भने १५% ती लाेलुपव्यक्तिका भराैटे, कुराैटे चाप्लुस बनेका र तिनकै दासत्व स्वीकारेर आफ्नो परिवार पालनपोषण निजी स्वार्थपूर्तिमा लागेका मात्रै भेटें ।

ती ८५%मा १५-२०% ले अब सत्तामा पुग्न सकिँदैन तसर्थ यही माैकामा धनकाे थुप्रो बटुल्न पाए मेरा सात पुस्तालाई बसी-बसी खान सहज हुन्छ भन्ने साेच बनाएर हिँडेका रहेछन् भन्ने सहज अनुमान आज समाजमा व्याप्त रुपले एकअर्कालाई दाेषाराेपण गर्ने, म नै सर्वज्ञाता भन्दै मानिसहरू नै मूर्ख बनाएर आधारहीन कुराहरूले भाषण छाँट्ने , कहिले जातले बिगारेको भनेर एउटा जातलाई सबै गल्ती थुपार्ने , काेही त्यही जात व्यवस्था हटायाे भने फेरि त्यसमा कुनै द्वन्द्व रहँदैन भनेर मनमानी सिद्धान्त बनाएर प्रचारप्रसार गर्ने आदि कार्य गरिरहेकाे देखें ।

त्यसमध्ये अर्काे ३०-४०% माथिका भन्दा टाठाबाठाहरू तिनै १५-२०%काे मानसिकता, तिनीहरूकाे बुद्धि , तिनीहरूमा पलाएको विवेक हेरेर तिनीहरूकाे मानसिकतालाई कागती निचाेरेर निचाेरे झैं निचाेर्दै तिनीहरूकाे बुद्धिकाे तराजुकाे भारी भाग उत्तेजित कार्यमा लगाउने र हल्का भाग आफूतिर पार्दै लाेलाेपाेताे पार्दै उचाल्दै अर्काकाे बिरुद्ध ( जहाँ लगेर पछार्दा उसकाे जीत भए आफ्नो जीत बनाउने र उसकाे हार भए उसैकाे हार बनाउने ) काे खेलमा प्रयाेग गरेकाे देखें।

बाँकी % मा केही ज्ञान शून्य छन् तर स्वविकेक प्रयाेग गरेर ३०-४० % लाई खेलाउन, डुलाउन सक्छन् ( साम, दाम, दण्ड , भेद अपनाएर )
अब बाँकी ३-५ % मा ज्ञान पनि छ , दूधपानी छुट्याउने ल्याकत पनि छ तर माथिका प्रतिशतहरूका लाेलुपताका कारण कसलाई कसरी कहिले कहाँ कस्ताे सम्बन्ध बनाएर निर्देशन दिन सक्छन् । त्यही अनुसारका कहिले ढाेंगीहरु प्रयाेग गरेका छन् त कतै १५-२०% वा ३०-४०% का कथित बुद्धिजीवी वर्ग जसलाई धन भए भयाे तिनीहरूलाई दास बनाएर बाँकी वर्गलाई कसरी चलाउने भनेर निर्देशन दिने गरेकाे महशुस हुन थाल्यो ।

याे नेपाल नाम भएको देश सृष्टि कै पहिलाे मुहान हाे भनेर अघिल्लो पाेष्टमा लेखेकाे छु । यस्तो देवतुल्य भूमि जहाँ सप्तगण्डकी बग्छिन् जुन गण्डकीमा देवताहरू स्नान गर्न आउँछन् रे भनेर शास्त्रहरूका भेटिन्छन् र शास्त्रज्ञ गुरुहरूका मुखारवृन्दबाट कथा आदि प्रवचनका माध्यमले सुनिँदैन पनि आएका छाैं । यस्तो भूमिका हामी सन्तानहरू आज ” वेन ” ( पाैराणिक कथा ) काे शाशनमा शाशित भएर बस्नु परेकाे छ ।

वेन एउटा सज्जन राज घरानामा जन्मिएकाे मातृभूमिलाई घात गर्ने कुख्यात पात्र थियोे । उसकाे उद्दन्डताका कारण उसकाे पिताले राज्य त्याग गरेर जंगलमा निर्वासित जीवन बिताएर जीवन समाप्त पारेका थिए । आज याे मातृभूमिमा पनि वेनहरूका कारण याे भूमि राेहिरहेकाे अवस्था छ । तत्कालीन अवस्थामा त्याे दुष्टलाई सजाय दिन जुन शक्ति जागृत भएको थियाे जसलाई ब्रह्माण्डकाे ब्राह्मणीय शक्ति भनिन्छ त्यही शक्तिकाे उदय हुनुपर्ने अवस्थामा सिर्जना भएको देख्छु । त्याे शक्तिले वेनकाे प्राणमात्रै लिएन त्यही मृत शरीरबाट नयाँ उर्जा निकालेर पृथ्वी रक्षक
महाराज “पृथु” काे पनि उदय गराएको छ । अबका वेनहरूले समयमै आफूलाई पृथु बनाउन सकेनन् भने!
अबकाे दिनमा वेनहरूका वेनहरूका चाकडी बजाउने चाकडहरू धेरैले कष्टकर समयकाे सामना गर्नुपर्छ ।
आफ्नो नजिकै भएको वेनलाई चिनेर त्यसले दिएको अन्नपानी आजै त्यागाैं यसबाट यी धर्तीमाता पनि खुशी हुनेछिन् र भावी सन्तानहरूले पनि धन्यवाद दिनेछन्।
” स्वधर्माे निधनं श्रेयः परधर्माै भयावहः ”

सवितुर खवरका लागि(  विदुषी नारी के एम)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
230 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।