पौष १५ गते मंगलबार ।
काठमाडौं ।
वैदिक सनातन हिन्दु याे कुनै जाती बिशेषकाे हुनै सक्दैन। याेबिश्व जगतका समस्त मानव र चराचर जगतका सम्पूर्ण प्राणी,वनस्पति तथा निर्जीव वस्तुमा पनि इश्वर भेट्ने र अनुभव गर्ने उत्कृष्ट परम्परागत शैली पनि हो। ती ईश्वर जसले मनुष्यमात्रकाे कल्याणकाे लागि कसैसँग विभेद नगरी न्याय गर्ने गरे भगवान श्री कृष्णले द्वापर युगमा र श्री राम मर्यादा पुरुषोत्तम ले तेत्रायुगमा ।याे पृथ्वी केवल मृत्युलाेक हाे र मृत्युलाेकमा स्वयं परमात्मा पनि मनुष्य शरीर धारण गरेर आउँछन् र आफ्नो कर्मको फल भोग्छन्। भने सबैले सृष्टिको नियम पालना गर्नैपर्छ । धर्तीकाे नियम पालन गर्नु नपर्ने पनि भगवान् हुन्छ ?वैदिक शास्त्रहरूमा सृष्टिको सन्दर्भकाे कुरा अध्ययन गर्दा अहिले भएको सृष्टि अघि पनि कतिपटक सृष्टि भए भन्ने यकिन आजसम्म कसैले गर्न सकेका छैनन् ।यद्यपि गुरुदेवहरुकाे मुखारवृन्दबाट सुने अनुसार समयकाे गणनामा कल्प र एक कल्पमा १४ मन्वन्तरहरू हुन्छन् र एक मन्वन्तरमा अहिले देखिएकाे जस्ताे सृष्टि ७१ पटक चल्छ।
सनातनकाे परम्परागत सृष्टिमा शरीरधारी प्राणी हरूकाे सृष्टिस्थल माता पृथ्वी जसलाई अर्काे भाषामा मृत्युलाेक भनिन्छ र त्याे मृत्युलाेककाे पहिलो भूभाग यही हाे ।जहाँ चौध लोक र भूवनको उल्लेख छ।अहिलेको भाषामा सात महादिप र उपमहादिप हुन्।पूर्विय बिज्ञान र पश्चिमा आधुनिक दुबै बिज्ञानले जीवको उत्पत्ति पहिलोपल्ट पानीमा नै भएको स्वीकार गरेका छन्।
जसरी सृष्टिको सुरुवात थाहा हुँदैन त्यसैगरी वेदकाे सुरुवात अर्थात् ज्ञानकाे सुरुवात पनि थाहा हुँदैन । याे सनातन परम्परागत सृष्टि भएको हुनाले यहाँ देखिने हरेक वस्तु, प्राणी दृश्य प्रकृति यी सबैकाे बीजारोपण सनातनदेखि नै थियोे ।
भगवद्गीतामा भगवानले प्रष्ट भन्नुभएको छ:-
” नराणां च नराधिपम् ” अर्थात् मनुष्यहरूमा म राजा हुँ ।भगवानको प्रथम स्थान त्यहाँ हुन्छ जहाँ तपस्वी, ज्ञानी र भक्तहरूकाे जन्म भएको हुन्छ र त्यस्ता तपस्वी , ज्ञानी र भक्तहरू तपाेभूमिमा जन्मन पुग्छन् ।
तर स्वभाविक रूपमा प्रारब्धकाे कर्मकाे नियतिले कतिपयले आफू कहाँ कस्ताे भूमिमा जन्मेकाे छु भनेर आफैंलाई चिन्न सक्दैनन्। याे उनीहरूकाे नियति चारयुगमा कलिकाे उमेर जति बढ्दै जान्छ मानिसकाे मति पनि त्यतिनै घट्दै जान्छ। तसर्थ हामी सामान्य मानिसकाे भन्दा बढी गुण लक्षण लिएर जन्मेकाे भएपनि घट्ने क्रम स्वयं राजा ,भगवानको रुपमा अवतरित वा पृथ्वीकाे नियम पालन गर्न पर्ने नियममा बाँधिदा भगवान्लाइ पनि त्याे नियम लाग्छ ।
यहाँ फेरि प्रश्न उठ्न सक्छ वैदिक ग्रन्थमा जातीय वभेद र नाम,थ,,जात र लिङ्ग को बिभाजन त भेटिदैन थर, परिवार , समाज आदि समय अनुसार एउटाकाे लय ( अवसान ) पछि अर्काे नयाँ रूप नयाँ अनुहार नयाँ परिवेश परिवर्तन हुन्छ तर गुण उही रहन्छ र स्वभाव समाजकाे परिवर्तित समय वा चालचलन गुण र स्वभाव रगतमा प्रविष्ट भएकै हुन्छ ।
(के एम) सवितुर खवरका लागि ।