गोरु जुधाउने प्रतियोगिता सम्पन्न ।

पौष १६ गते बुधबार ।
तनहुँ ।
गोरु जुधाउने अनौठो परम्परा नेपालमा बिशेष गरि नुवाकोट र तनहुँमा हाल सम्म पनि प्रचलनमा कायमै छ।यो परापूर्वकाल देखि चलिआएको एउटा परम्परा हो । पौष १५ गते गोरु जुधाउने कार्यक्रमको झल्को परम्परागत मूल्यमान्यता को संरक्षण पनि हो। त्यसैको लागि टाढा टाढा देखि हेर्न आउने दर्शकको भिड लाग्ने गर्दछ।गोरु जुधाई हेर्न लमजुङ ,तनहुँ र गोरखा सम्मका किसान र कृषि प्रेमी तथा गोरु प्रति सम्मान र बिश्वास गर्ने हरुको भिड पहिले देखि हाल सम्म पनि लाग्दै आएको कुरा स्थानीय बुढापाकाहरुले बताउनुभयो । चलन चल्ती र परम्परा एवम् संस्कृति जोगाउने बिशेष दिन पनि भनिन्छ पुषे १५ लाई । बाबुबाजेको संस्कार र परम्परागत मूल्यमान्यता कायमै राख्न भानु १२ घलेछाप र कल्लेरी सफल भएका छन्। यसबर्ष पनि भएको गोरु जुधाइ कार्यक्रममा १४ वटा गोरुलाई राजेन्द्र गोदार कल्लेरी भानु (१२)को गोरुले प्रथम पुरस्कार स्वरुप ( रु. २५०००।)जित्न सफल भएको छ।भानु वडा नं १२ को वडा कार्यलय र समग्र भानु नगर पालिका समेतले यस्तो परम्परा जोगाउन गोरुपाल्ने र परम्परागत कृषिका लागि गोरुको महत्त्वपूर्ण योगदानको सन्देश दिन सफल हुने किसानहरुको मनोबल उच्च राख्न प्रोत्साहन का लागि कार्यक्रम पनि सञ्चालन गर्न र पशुपंक्षी पालक किसानको सम्मान गर्नुपर्ने कुरामा नगरको ध्यान पुग्न जरुरी छ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
50%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2
1189 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।