ज्योतिष र ज्योतिषी बिचको भिन्नता ।

पौष १७ गते बिहिवार ।
तनहुँ ।
ज्योतिषां वेदनां चक्षु।।
“सम्पूर्ण ब्रह्माण्ड सृष्टिकर्ताको इच्छाले गतिशील छ, तर
यो भाग्यद्वारा नियन्त्रित छ। यो स्वतन्त्र छैन।” महाभारत, २/५७/४
ज्योतिषको सम्पूर्ण र सही ज्ञान प्राप्त गर्न त्यससँग सम्बन्धित खगोलशास्त्रीय अवधारणाहरूको ज्ञान अत्यन्त आवश्यक हुन्छ।
प्राचीन कालदेखि नै खगोलशास्त्र र ज्योतिषलाई अभिन्न तथा एउटै शिक्षण प्रणालीको अङ्ग मानिन्थ्यो। तर समयक्रमसँगै यी दुवै शास्त्रहरूको अर्थ र विकास पूर्ण रूपमा फलित र गणितीय पाटा पनि अलग–अलग भयो र आज यी अलग शिक्षण प्रणालीका रूपमा विकसित भएका छन्। यद्यपि यो पनि सत्य हो कि ज्योतिष पूर्ण रूपमा खगोलशास्त्रमा आधारित छ, त्यस अर्थमा यी दुई अलग छैनन्।
खगोलशास्त्र पृथ्वीको वातावरणभन्दा बाहिर रहेका आकाशीय पिण्डहरू र घटनाहरूको अध्ययन हो। अर्कोतर्फ, ज्योतिषशास्त्रले आकाशमण्डलका ती खगोलीय पिण्डहरू को अध्ययन र गणितीय माध्यम द्वारा लेखा जोखा गर्ने काम सूक्ष्म गणितीय बिधीद्वारा गरिन्छ । २७ नक्षत्र ९ ग्रह को तारा मण्डल को गति ,यति र लयको आधारमा पञ्चाङ्गको निर्माण गरि तिथि,मिति र चाडपर्व को पनि जानकारी गणितीय बिधीमा आधारित हुन्छ । ग्रह र नक्षत्रको आकाश मण्डलमा देखिएको स्थितिको आधारमा
मानव जीवनमा पर्ने प्रभावको अध्ययन ज्योतिष शास्त्रको आधार र प्रमाण मानेर योग्य ज्योतिषीले शास्त्रको मर्यादा उल्लंघन नहुने गरि मानवीय जीवनमा पर्ने र पर्न सक्ने सकरात्क र नकारात्मक फल बताउनु नै ज्योतिषीको असल चरित्र र कर्तव्य पनि हो। यसको प्रयोग केवल भविष्यवाणीका लागि मात्र होइन, बरु यस प्रक्रियाको पछाडि रहेको मनोविज्ञान, परम्परागत आस्था र विश्वासलाई बुझ्नका लागि पनि गरिन्छ। यस कारण सनातन ज्योतिष भविष्यवाणी गर्ने शास्त्रमात्र नभई आवश्यकता र सङ्कटको समयमा सही दिशानिर्देशन प्रदान गर्ने मार्गदर्शक शास्त्र पनि हो। ज्योतिषलाई पूर्ण रूपमा बुझ्न ज्योतिषसँग सम्बन्धित खगोलशास्त्रीय सिद्धान्तहरूको ज्ञान आवश्यक हुन्छ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
896 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।