वास्तु दोष होइन ।वास्तु सन्तुलन हो।

पौष १८ गते शुक्रबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

रोगको कारण वास्तु होइन ।डर त्रास देखाएर लुट्न खोज्नु कुनै पनि पेसा,व्यसाय र सेवाको धर्म हुदै  होइन । वास्तु सुधारको उपाय भने अति प्रभावकारी हो।कुनै पनि शास्त्रमा “North-East मा Toilet भयो भने क्यान्सर नै हुन्छ” भनेर कतै लेखिएको छैन।
यो कुरा अतिशयोक्ति र डर फैलाउने व्याख्या मात्र हो, शास्त्रीय सत्य होइन।
मानव जातिले हजारौँ वर्षदेखि घर बनाउँदै आएको छ। North-East मा शौचालय भएका घर हिजो पनि थिए। यदि वास्तु नै क्यान्सरको प्रत्यक्ष कारण हुन्थ्यो भने, क्यान्सर त धेरै पहिलेदेखि नै महामारीजस्तै फैलिनु पर्ने थियो।
तर वास्तविकता के हो भने क्यान्सर बढ्नुका मुख्य कारणहरू खानपान, रसायनयुक्त खाना, तम्बाकू, प्रदूषण, तनाव, जीवनशैली र आनुवंशिक कारणहरू हुन्। यसले स्पष्ट गर्छ कि वास्तु एक्लै रोगको कारण हुँदैन।
यदि North-East मा Toilet भएको कारणले नै रोग लाग्ने हो भने, त्यस्तो घरका सबै सदस्यलाई एउटै रोग, एउटै समयमा लाग्नुपर्ने थियो। तर व्यवहारमा यस्तो हुँदैन।
कोही बिरामी हुन्छ, कोही हुँदैन।
कोही दीर्घायु हुन्छ, कोही स्वस्थै रहन्छ।
यसको अर्थ के हो भने रोग व्यक्ति-विशेषको शरीर, कर्म, जीवनशैली र मेडिकल कारणसँग सम्बन्धित हुन्छ, न कि केवल घरको दिशासँग।
वास्तु शास्त्र डर देखाउने शास्त्र होइन। यो सन्तुलन मिलाउने सहायक विज्ञान हो। North-East मा Toilet हुनु भनेको “मृत्युदोष” होइन, केवल ऊर्जा असन्तुलन हो, जसलाई साधारण उपायले सन्तुलनमा ल्याउन सकिन्छ।

(सि .उ) स्रोत ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
204 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।