अमेरिकी राष्ट्रपति माथि देखियो सत्ता र शक्तिको उन्माद।

पौष २० गते आइतबार ।
काठमाडौं ।
देखायो अमेरिकी राष्ट्रपतिले पावर। बिश्वमा तरङ्ग उत्पन्न ।बिश्व युद्धको खतरा तर्फ बिश्व राजनीति र शक्ति सम्पन्न मुलुक ।चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपति पनि बसे मौन।उत्तर कोरियाले दियो अमेरिका लाई काउन्टर । उत्तर कोरियाले  ८५०/ र ९०० कि. मि .को क्षेप्यास्त्र प्रक्षेपण पश्चात् जपान र दक्षिण कोरियामा संन्नाटा।भय र त्रास बिश्वब्यापी रुपमा बढ्दै।
साधन सम्पन्न तर कमजोर देश माथि आक्रमण गरेर त्यहांको प्राकृतिक स्रोत र बहुमूल्य खनिज लुट्न साम्राज्यवादीहरुले जस्तो पनि निउं खोज्न सक्छन् । साम्राज्यवादी अमेरिकाले शुरुमा इराकमा जैविक हतियार रहेको आरोप लगायो । तर राष्ट्रसंघले छानबिन गर्दा समेत त्यस्तो हतियार नभेट्टाए पछि लोकतंत्र नभएको आरोप लगाएर भीषण आक्रमण गरी छाड्यो राष्ड्रपति सद्दाम हुसेनलाई मारी त्यहां रहेका आफ्ना दलालहरुलाई सत्ता सुम्पेर पेट्रोलियम भण्डार माथि कब्जा जमायो । लिबियालाई सुक्खा मरुभूमिबाट हरित स्वर्ग बनाउंदै गरेको शासक कर्णेल मुआमार कद्दाफी विरुद्ध लोकतंत्र मासेको आरोप लगाई आफ्ना दलालहरु मार्फ़त भेडा जनतालाई सडकमा उतारी कद्दाफीलाई सडकमा ल्याएर कुटी कुटी मार्न लगायो र लिबियाको पेट्रोलियम भण्डार माथि कब्जा जमायो । अहिले विश्वकै सबभन्दा ठुलो पेट्रोलियम भण्डार भएको भेनेजुयलाका राष्ट्रपति मदुरोलाई लागु औषध तस्करीको आरोप लगाएर भीषण हवाई आक्रमण गरी उनलाई पत्नी सहित अपहरण गरी अमेरिकामा लगेको छ र भेनेजुयला स्थित आफ्ना दलालहरुलाई सत्ता सुम्पेर त्यहांको पेट्रोलियम भण्डार र खनिज पदार्थ माथि कब्जा जमाउने तानबाना बुनिरहेको छ ।
यी त केहि उदाहरण मात्र हुन् । अमेरिका र युरोपीय साम्राज्यवादीहरुले सिंगै अफ्रिका महादेशमा मच्चाएको लुटपाट मच्चाएको लामो इतिहास र उनीहरुको आदेश नमान्ने अफ्रिकी नेताहरुको श्रृंखलाबद्ध हत्याको कहानी सुन्यौं भने जोकसैको आङ्ग सिरिंग हुन्छ र ती साम्राज्यवादीहरु विरुद्ध असिम घृणा जाग्छ ।
नेपालमा पनि साम्राज्यवादी अमेरिकाले जोरजुलुम गरी (एम सि सि र बि आ आई )को चंगुलमा फस्दै नेपाली राजनीति र नेतृत्व सम्झौता सदनबाटै पारित गराएर आफ्नो खुनी खुट्टा टेक्ने ठाउं बनाइसकेको छ । कुनै दिन नेपालमा भएको अमूल्य यूरेनियम भण्डार माथि कब्जा गर्न र तिब्बतलाई चिनबाट टुक्राएर त्यहां पनि आफ्नो आधिपत्य जमाउन खुनी हमला गर्न सक्छ । उसले त्यसका लागि पुराना भ्रष्ट नेताहरुको अकुत कालोधन र सन्तान अमेरिकामा सार्न लगाएर चुईंक्क बोल्न नसक्ने अवस्थामा पुर्याइसकेको छ भने उसको दुतावासले युथ काउन्सिलले सुक्ष्म तालिम दिएर तयार पारेको गोराकाला लुसिफरहरुलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमा परिचालन गरी अत्यधिक बहुमत दिलाई उनीहरु मार्फत नेपालको राज्यसत्ता नै कब्जा गर्ने योजनामा सक्रिय भैसकेको जग जाहेर छ।
सवितुर खवर स्रोत( एम .एस)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
10568 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।