पौष २० गते आइतबार ।
काठमाडौं ।
अमेरिकी कु – दृष्टिका कारण भेनेजुयली नागरिक पिडामा। संसारमै तेस्रो बिश्व युद्धको मडारियो कालो बादल।शक्तिको होडबाजी ।चिनले पनि दियो अमेरिकी राष्ट्रपतिलाई चेतावनी ।उत्तर कोरियाले ग-यो ८५०/९०० कि.मि. मार हान्ने क्षेप्यास्त्र प्रहार । जपान र दक्षिण कोरियामा ठूलो तनाव र जगजगी ।संसारको ठूलो तेल भण्डार । विश्वको चौंथो धनी देश थियो।
भेनेजुयला डेढ दशक देखि अशान्त । प्राकृतिक स्रोतको धनी देश सुन्दर दक्षिण अमेरिकी देश हो। प्राकृतिक रूपमा निकै धनी छ।जंगल,ठूला नदी, समुद्र, पहाड र खनिज सम्पदाले भरिएको देश हो।भेनेजुयलाको सबैभन्दा ठूलो शक्ति भनेको तेल हो।यहाँ संसारकै सबैभन्दा धेरै तेल भण्डार छ।यो देशमा ३०३ अर्ब ब्यारेल तेल भण्डार छ।
तेल मात्र होइन,भेनेजुयलामा सुन, फलाम, कोइला र हिरा जस्ता खनिज पनि प्रशस्त छन्।विश्वको चौंथौं ठूलो ‘ओरिनोको’ नदी जलविद्युत् उत्पादनमा पनि उत्कृष्ट छ।उर्बर जमिन खेतीपातीमा योग्य भूमि ।९७९ मिटर संसारकै अग्लो झरना ‘एन्जेल फल्स’ यही देशमा पर्छ।
७० देखि ८० लाख भेनेजुयालीहरू देशको राजनीतिक अस्थिरता ,महङ्गी,बढ्दो हत्या ,हिंसा का कारण देश छाडेर कोलम्बिया,इक्वेडर,पेरु र ब्राजिल लगायतका छिमेकी र नजिकका देशमा छन्।
काठमाडौं संवाददाता ।