पौष २३ गते बुधबार ।
तनहुँ ।
पौष २२ गते मंगलबार साँझ अन्दाजी ७/४५ बजेको समय मो.सा .सडकको बिचमा रहेको खाल्डोमा परी दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा मानवीय क्षति भने भएको छैन।चालक सामान्य घाइते भएको बुझिएको छ। मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ ।डुम्रे बेसीशहर सडक स्तरोन्नतिको कार्य तिव्र रुपमा भैरहेको छ।सडक बिस्तारको क्रममा सवारीसाधन चलाउन सहज छैन। हुदैन पनि ।बाटोमा सवारीसाधन चलाउने चालक अत्यन्तै होसियार रहन आवश्यक छ।बाटोमा बाल उठाउने क्रममा र हिमपाइप राख्ने क्रममा बिच बाटोमा काम हुदै छ।निर्माण कम्पनीले पनि जोखिमपूर्ण क्षेत्रमा रातिको समयमा प्रष्ट देखिने संकेत राख्न अति आवश्यक छ।त्यस संकेतले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने र धन जनको क्षति पनि रोक्न सकिने कुरामा यात्रु,सवारीसाधन चालक ,सरोकारवाला सबैको ध्यानाकर्षण भएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0