व्यसायमा छलाङ मार्दै शिक्षित नारी।

पौष २३ गते बुधबार ।
तनहुँ ।
डुम्रे बजार तनहुँ मा ब्युटीपार्लर व्यसाय र महिला सौन्दर्यको क्षेत्रमा चुनौती स्वीकार्ने र चर्चाको सिखरमा पाइला सार्दै गरेकी प्रीति श्रेष्ठ को हुन?हिम्मतवाली छोरीको लोभलाग्दो व्यवसाय ।बिदुषी नारीको पार्लर व्यसायमा छलाङ।सानैदेखि पढाइमा अब्बल।अँग्रेजी माध्यमको पढाइको जग।मास्टर्स उच्च अङ्कमा उत्तीर्ण डुम्रे बजार तनहुँकी व्यवसायीक घराना की कान्छी छोरी हुन प्रीति श्रेष्ठ जीवनमा विभिन्न क्षेत्रमा जागिरको अनुभवले खारिएकी श्रेष्ठलाई अनन्त जागिरे जीवनले सन्तुष्टी दिन सकेन।उनी होमिएकी छिन महिलाको सौर्न्दर्य व्यवसाय / ब्युटीपार्लर व्यसायमा।।मैत्रीपुर्ण व्यवहार, बहुआयमिक व्यवसाय, आबद्धता, धैर्यताको कारण सफल उद्यमीको रुपमा सफलताको शिखर चुम्न उद्वत छिन्, प्रीति श्रेष्ठले । उनी हुँदा खादाको हाइड्रोपावरको जागिरलाई तिलाञ्जली दिएर आउँदा उनीसँग सपना बाहेक केही थिएन । तर, के गर्ने ? कुनै मेलोमेसो पाइरहेकी थिइनन् ।
जीवनमा के गर्वा के नगर्ने उनी द्विविधा बाट बाहिर निस्केर डुम्रे बजारमा अब्बल सीप र क्षमता प्रदर्शन गर्न लालायित भईन र सुरु गरिन पार्लर व्यवसाय ।
तर, मन ढुक्क थिएन । व्यापार आफैंमा खेल हो । ‘सेफ जोन’बाट बाहिर निस्केर व्यापार गर्दा नाफा–घाटासँग डराउनु भएन । तर, उनको मन यसकारण डराएको थियो कि, जुन पुँजी उनले लगानी गरेकी थिइन् त्यो माइतीको उपहार थियो । माइतीले दिएको गरगहना केवल वस्तु मात्र थिएन, त्यो उनको आत्मीयतासँग जोडिएको थियो ।
अन्ततः उनी निर्धक्कसाथ आफ्नो व्यवसाय अगाडि बढाउन थालिन् ।बाबु बाजेको भन्दा बेग्लै व्यसाय गर्ने र फरक क्षेत्रमा आफ्नो परिचय बनाउदै ब्युटीपार्लर व्यवसायमा साम्राज्य खडा गर्ने उनको सोच छ।सानैदेखि केही नयाँ गर्ने सोच थियो उनी भन्छिन् ।नयाँ प्रविधिको प्रयोग गर्दै महिला सौन्दर्यको व्यसाय प्रवर्द्धनमा उनी अहोरात्र खटेकी छिन्।उनको व्यसायिक प्रतिष्ठानमा सेवा लिने ग्राहकले पनि उनको सीप र क्षमताको उच्च प्रसंशा गरेको देख्न सुन्न सकिन्छ ।पढे लेखेका युवा पनि जागिर त्यागेर उद्योगमा किन चुनौती मोल्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन् ।पढे लेखेकाले हो चुनौतीपूर्ण कार्य गर्ने र देश र समाज परिवर्तन गर्दै देश भित्र नै सम्भावनाको ढोका खोलेर बिदेश पलायन रोक्ने जिम्मा हाम्रो उनी भन्छिन् ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
187 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।