गुरु देवो भव किन भनिन्छ ?

पौष २४ गते बिहिवार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

गुरुदेवो भव ।

गुरु को हुन्?
शास्त्रले ३ पुस्ता तक् को परिचय राम्रेरी न बुझि कसैलाइ गुरु वरण न गर्नु, शिष्य न बन्नु, शिष्य न बनाउनु भनेका छन्!
“नाऽपरीक्षितं याजयेत्, नाऽध्यापयेत्, नोपनयेत्” (विष्णुधर्मसूत्र २९ः४,२९ः५,२९ः६)
गायत्री दिने गुरु , वेदगुरु, विशेष विद्या दिने विद्यागुरु , आफ्नै कुल-कुटुम्बका सुसंस्कृत अनुभवी अग्रज बाहेक अरु कसैलाइ गुरु बनाएर मन्त्रदीक्षा लिनुपर्ने आजीवन तिनको शिष्य बन्नु पर्ने वैदिक विधान छैन! विषय को विज्ञ र विद्वान बाट विद्या ग्रहण भने गर्न सकिञ्छ। कुल गोत्र कुटुम्ब नै परिचय न भएका बाट दीक्षित हुने र आफ्नो वेदशाखा-स्वसूत्र बाहिरका अन्या शाखाकालाइ पनि आचार्य मानि तिनको आचार्यशरणागति हुने , वेदमार्ग छोडि तन्त्र-आगमोक्त संप्रदायमा दीक्षित हुने, कुनै सन्न्यासिबाट दीक्षित हुने परम्परा भनेको त अवैदिक् र वेदबाहिरको मार्ग हो ! उपनीत वैदिकहरु कुनै तन्त्र वा अर्वाचीन संप्रदाय मा गएर दीक्षित भएको खण्डमा तिनको वैदिक उपनयन संस्कार नै भङ्ग हुञ्छ र कुल परम्परा र कुलाचार नै ध्वस्त हुञ्छ। वैदिकीहरुका मूलगुरु त आफ्नै कुलकुटुम्ब का त्रिशुक्ल शुद्धकुलीन सद्गृहस्थी वेदवेदाङ्गविद् गृहस्थाश्रर्मधर्मसेवी सज्जन अर्थात् (वास्तविक् साधु-सन्त- तपस्वी- व्यक्ति ) नै हुञ्छन्। भागवत वाचन को नाममा वैदिक धर्म को धज्जी उडाउदै हिडेका शास्त्रलाइ आफ्नो वैभव बढाउने र कमाउने भाँडो मात्रै बनाउँदै हिडेका कुनै कथावाचक, वा स्वघोषित महाराज वा ज्योतिषिलाइ पनि गुरु ठान्ने हैन, फेसबुक यूट्यूब मा री३ल हेरेर पनि कसैलाइ गुरु मान्दै तिनको शिष्य बन्ने हैन!

एस्तै स्त्रीका लागि त पति नै गुरु र पतिकुल नै गुरुकुल हो! स्त्रीहरु एसबाहिर गएर कुनै कुलगोत्रकुटुम्ब अपरिचित आचार्यको या कुनै काषायधारी सन्न्यासिको शरणागति हुने तिनको शिष्य बन्ने हैन।
विवाहित पतिव्रता स्त्रीहरुले पति बाहेक अन्य पुरुषहरुलाई गुरु बनाउदै हिड्ने , आफ्नो पति को पनि खुट्टा कहिल्यै न छुने , तर कुल गोत्र कुटुम्ब नै परिचय न भएका र वेद-वेदाङ्गादि को पनि ज्ञान न राख्ने शास्त्रीय परम्परा नै प्राप्त नभएका पर-पुरुषलाइ गुरु बनाएर मन्त्रणा लिएर दीक्षा लिएर एसरि अन्य पुरुष को खुट्टा छुने , खुट्टा धुने, साष्टाङ्ग प्रणाम गर्ने , शरणागति हुने आदि गर्नाले स्त्रीको कुलधर्म स्वधर्म सबै नष्ट हुञ्छ।

“पतिर्माता पतिर्विष्णुः पतिर्ब्रह्मा पतिः शिवः।
पतिर्गुरुः पतिस्तीर्थमिति स्त्रीणां विदुर्बुधाः॥”
(-स्कन्दपुराणम् वैष्णवभूमिवाराहखण्डः २६ः८३)

थप बाबाहरु , कथित धर्मगुरु महाराज बन्दै हिडेका ठाडो तेस्रो मसो दलेर धार्मिक जस्तै वेषधारण गरि ठगि खान पल्केका ढोङगीहरुले गुरु प्रणामी को नाममा अर्काकी स्त्री लाइ खुट्टा ढोगाउने, आशीर्वाद को नाममा परस्त्री को केश स्पर्श गर्ने , शरीर स्पर्श गर्ने , कुलगोत्र कुटुम्ब परिचित न भएकी परस्त्री लाइ माला फूल भिराइदिने आदि शास्त्रले व्यभिचारी लक्षण भनेका पतित कार्य गर्ने हैन! वैदिक आचार र पतिव्रता विवाहिता स्त्रीहरुले पनि एसरि कुल गोत्र कुटुम्ब बाटै अपरिचित कुनै कथित महाराज वा बाबा वा संप्रदाय का आचार्य को सर्लक्क सुतेर, लम्पसार परि वा पङ्चाङ्ग प्रणाम खुट्टा छुने ढोग्ने पतित कार्य गर्ने हैन। कुलधर्म नै नष्ट हुञ्छ! किनकि कुटुम्ब को कुल को आधार भनेकै कुटुम्बकी स्त्री हुन्!

नीवीस्तनप्रावरणसक्थिकेशावमर्शनम्।
अदेशकालसंभाषं सहैकासनमेव च॥२८४॥
(याज्ञवल्क्यस्मृतिः व्यवहाराध्यायः)

नीवी (वस्त्रग्रन्थि), स्तन, आच्छादन(आवरण/वस्त्र), जाँघ र केश लाइ स्पर्श गर्नु, बिना देश-काल भाषण गर्नु र एउटै आसन मै बस्नु- इनि व्यभिचारीहरुका लक्षण हुन् र तिनलाइ (राज्यले) पकड़नु पर्छ।

[परस्त्री को केश वा वदन स्पर्श गर्नु पनि व्यभिचारी लक्षण भनिएको छ!]

थप,

सुयोग्य गुरु को पनि युक्तियुक्त वचन नै ग्रहण गर्न पर्छ; केवल वहाँ हाम्रो गुरु हुनुहुञ्छ- यस् गौरव का कारण गुरुका युक्तिविहीन (र वेदनिन्दक्) वचन ग्रहण गर्न हुन्न; किनकि – अविधानपूर्वक गरिएको धार्मिक अनुष्ठान निष्फल नै हुञ्छ र अविधानपूर्वक् अनुष्ठान गर्ने मनुष्य पनि प्रायश्चित्त को भागी हुञ्छ । यहाँ जे सुकै पनि शास्त्रहरुको रहस्य भनिएको छ, तेसलाइ महर्षि योगीन्द्र याज्ञवल्क्य ले भाषित गर्नुभएको छ (रचना हैन)। अतः वेद जसरि अनादि अपौरुषेय हुन्, सोही प्रकारले वेदका छ अङ्ग (षड्वेदाङ्ग) पनि अनादि हुन्!

“सुयोग्यगुरोरपि युक्तियुक्तं वचो ग्राह्यम्-
युक्तियुक्तं वचो ग्राह्यं न ग्राह्यङ्गुरुगौरवात्।
सर्वशास्त्ररहस्यं तद् याज्ञवल्क्येन भाषितम्॥११६॥”
(याज्ञवक्ल्यशिक्षा)

नमो रुद्राय!!

(टि एन उपाध्याय) ।सवितुर खवरका लागि

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
186 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।