पौष २४ गते बिहीबार ।
काठमाडौं ।
नेपालको राजधानी काठमाडौंमा फेसन डिजाईन,मोडलिङ्, ब्युटीपार्लर व्यसाय र महिला सौन्दर्यको क्षेत्रमा चुनौती स्वीकार्ने र चर्चाको सिखरमा पाइला सार्दै गरेकी घिमिरे को हुन? सीप र क्षमताको लागि अब्बल हिम्मतवाली घिमिरे कान्छी छोरीको लोभलाग्दो फेसन डिजाइन र मोडलिङ् व्यवसाय ।सुन्दरी छोरीले फेसन डिजाइन र मोडलिङ् व्यसायमा सिखर चुम्दै।सानैदेखि पढाइमा सौन्दर्य र फेसनमा अब्बल छोरी व्यवसायमा पनि छलाङ मार्न कस्सिदै। भानु ८ तनहुँ पुर्कोट देउरालीटार तनहुँकी शैक्षिक घराना की कान्छी छोरी हुन अप्सरा घिमिरे । जीवनमा विभिन्न क्षेत्रमा जागिरको अनुभवले खारिएकी घिमिरेलाई अनन्त जागिरे जीवनले सन्तुष्टी दिन सकेन।उनी होमिएकी छिन महिलाको सौर्न्दर्य व्यवसाय / फेसन डिजाइनको व्यसायमा।।मैत्रीपुर्ण व्यवहार, बहुआयमिक व्यवसाय, आबद्धता, धैर्यताको कारण सफल उद्यमीको रुपमा सफलताको शिखर चुम्न उद्वत छिन्, घिमिरे काठमाडौंमा ।अब्बल सीप र क्षमता प्रदर्शन गर्न लालायित भईन र सुरु गरिन फेसन डिजाइनको व्यवसाय ।
तर, मनमा डर त्रास र भय हुँदै गर्दा पनि उनी फेसन डिजाइनमा होमिएकी छन् । अहिले फेसनको व्यापार आफैंमा चुनौतीपूर्ण छ।फेसन डिजाइनमा अप्सरा घिमिरेले जुन सीप र पुँजी लगानी गरेकी छन् त्यो बुबा धर्म बहादुर घिमिरेको छोरीलाई उपहार थियो । बुबाले ले दिएको नगद रकम केवल वस्तु मात्र थिएन। त्यो उनको आत्मीयतासँग र बुबाको पुत्रीमोह सँग जोडिएको थियो ।
घिमिरेले निर्धक्कसाथ आफ्नो व्यवसाय अगाडि बढाउन थालेकी छिन्।बाबु बाजेको शिक्षण पेसा भन्दा बेग्लै व्यसाय गर्ने र फरक क्षेत्रमा आफ्नो परिचय बनाउदै फेसन डिजाइनको व्यवसायमा साम्राज्य खडा गर्ने उनको सोच छ।सानैदेखि मोडल ,मोडलिङ् र फेसनको क्षेत्रमा केही नयाँ गर्ने सोच थियो उनी भन्छिन् ।नयाँ प्रविधिको प्रयोग गर्दै महिला सौन्दर्यको व्यसाय प्रवर्द्धनमा उनी अहोरात्र खटेकी छिन्।उनको व्यसायिक प्रतिष्ठानमा सेवा लिने ग्राहकको पनि घुइँचो लागेको देख्न सकिन्छ । फेसन र सौन्दर्य पारखीले उनको सीप र क्षमताको उच्च प्रसंशा गरेको सुन्न पाइन्छ ।पढे लेखेकी युवती फेसन डिजाइनको उद्योगमा किन चुनौती मोल्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन् ।पढे लेखेकाले हो चुनौतीपूर्ण कार्य गर्ने र देश र समाज परिवर्तन गर्दै देश भित्र नै सम्भावनाको ढोका खोलेर बिदेश पलायन रोक्ने जिम्मा हाम्रो उनी भन्छिन् ।