पौष २५ गते शुक्रबार ।
काठमाडौं ।
मगर स्तम्भ।के हो मगर स्तम्भ ।कहाँ छ मगर स्तम्भ ।नेपाल एकीकरणमा मगरको योगदानको बारेमा मगर स्तम्भमा के लेखिएको छ।
एक बर्ष अगाडि सैंबु मगरगाउँ जाँदा यो इतिहास थाह पाएँ ।नेपाल एकीकरणको सिलसिलामा ई.सं. १७६९ सालमा स्वर्गीय श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरे पश्चात् रणनैतिक दृस्ठिकोणले काठमाडौं उपत्यकालाई अन्य राज्यहरुको आक्रमणबाट जोगाउन एकीकरण अभियानमा महत्त्वपूर्ण योगदान गरेका साहसी र बहादुर मगर जातीलाई उपत्यका छिर्ने गौडा कुर्न उपत्यकाको विभिन्न स्थानहरूमा जग्गा दिई बसोबास गराउने क्रममा तत्कालीन सरकारले गोरखा जिल्ला पिपलथोकका “जित बहादुर थापा मगर” को नाउँमा ५०० रोपनी जग्गा लालमोहर लगाई सैंबु ” मगर गाउँ ” हाल ( ल. पु. म. न. पा वडा नं १८ ) बसाइँसराइ गराई उनिहरुलेनै उक्त स्थानमा पिपलको बिरुवा सारेको र त्यही समाय देखिनै यो स्थान सैंबु मगरगाउँको नाउँले परिचितरहदै आएको छ ।
(के एम ) को लेख सवितुर खवर।