तनहुँ काँग्रेस पनि नेतृत्व परिवर्तनको पक्षमा।

विशेष महाधिवेशनको पक्षमा तनहुँका दुवै क्षेत्रीय समिति, सहभागिताका लागि गरे आह्वान
दमौली

__________ बिज्ञापन____________

नेपाली कांग्रेसको आगामी पुस २७ र २८ गते काठमाडौंमा हुने भनिएको दोस्रो ऐतिहासिक विशेष महाधिवेशनको पक्षमा तनहुँका दुवै निर्वाचन क्षेत्रीय कार्यसमितिहरू उभिएका छन्। तनहुँ निर्वाचन क्षेत्र नं. १ र क्षेत्र नं. २ का क्षेत्रीय कार्यसमितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना प्रतिनिधिहरूलाई महाधिवेशनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएका हुन्।

__________ बिज्ञापन____________

क्षेत्र नं. १ द्वारा नेतृत्वलाई धन्यवाद क्षेत्रीय सभापति श्याम कुमार मौरातीद्वारा जारी विज्ञप्तिमा पार्टीका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधिवत रूपमा माग गरेको विशेष महाधिवेशनलाई सम्बोधन गरेकोमा पार्टीका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेतृत्वलाई कृतज्ञता व्यक्त गरिएको छ। विधान र पद्धति कार्यान्वयनका लागि यो महाधिवेशन अपरिहार्य रहेको क्षेत्र नं. १ को निष्कर्ष छ। महाधिवेशनका लागि पुस २७ गते बिहान ११:०० बजे भृकुटीमण्डपमा बाजागाजा र झाँकी सहितको विशाल र्‍यालीमा सहभागी हुन सम्पूर्ण भातृ एवं शुभेच्छुक संघ संस्थालाई आग्रह गरिएको छ।

क्षेत्र नं. २ को जोड: सुदृढ कांग्रेस र नवीन ऊर्जा यस्तै, क्षेत्र नं. २ का क्षेत्रीय सभापति चुडामणि खनालले जारी गरेको विज्ञप्तिमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रका लागि यो महाधिवेशन ऐतिहासिक हुने उल्लेख छ। जनताको आवाज र वर्तमान आवश्यकता अनुसार नवीन ऊर्जासहितको कांग्रेस निर्माणका लागि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूको सक्रिय भूमिका हुनुपर्नेमा क्षेत्र नं. २ ले जोड दिएको छ।

भृकुटीमण्डपमा केन्द्रित हुँदै तनहुँ नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १७ (२) बमोजिम हुन लागेको यस विशेष महाधिवेशनमा सहभागी हुन तनहुँका दुवै क्षेत्रले आफ्ना मातहतका प्रदेश सभा कार्यसमिति, नगर/गाउँपालिका र वडा कार्यसमितिहरूलाई समेत परिचालन गरेका छन्।

पार्टीलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन यो ऐतिहासिक घडीमा सबैको उपस्थिति अनिवार्य रहेको दुवै क्षेत्रीय सभापतिहरूले बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2
200 views
सम्बन्धित खबर
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।