व्यास नगरपालिका तनहुँको ४४ अधिवेशन सम्पन्न ।

पौष २५गते शुक्रबार ।

__________ बिज्ञापन____________

तनहुँ दमौली ।

__________ बिज्ञापन____________

व्यास नगरपालिकाको ४४औँ नगरसभा सम्पन्न।

संशोधित बजेटसहित विधेयक तथा प्रतिवेदन पारित।

व्यास नगरपालिका, तनहुँको ४४औँ नगरसभा आज भव्य समारोहका बीच सम्पन्न भएको छ। नगरसभाको अध्यक्षता नगर प्रमुख बैकुण्ठ न्यौपानेले गर्नुभएको थियो।

सभामा नगर प्रमुख न्यौपानेले नगरपालिकाको हालसम्मको समग्र प्रगति समीक्षा प्रस्तुत गर्नुभयो। नगर उपप्रमुख इन्दिरा दरैले संशोधित आर्थिक विधेयक, संशोधित विनियोजन विधेयक, संशोधित राजस्व तथा व्ययको अनुमान र न्यायिक समितिको प्रतिवेदन पेश गर्नुभयो।

त्यसैगरी, विधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, संशोधित वन ऐन तथा समितिको प्रतिवेदन पेश गर्नुभयो। संस्थागत व्यवस्था तथा क्षमता विकास समितिका संयोजक दल बहादुर दुराले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सदस्य बिन्नु कुमार श्रेष्ठले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन र दरबन्दी संरचना पेश गर्नुभयो।

लेखा समितिकी संयोजक गौकुमारी न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति लगायत पाँचवटै विषयगत समितिका संयोजकहरूले आ–आफ्नो समितिको प्रतिवेदन सभामा पेश गरेका थिए।

नगरसभाले प्रस्तुत भएका सबै विधेयक, प्रतिवेदन तथा प्रस्तावहरू पारित गर्नुका साथै नगर कार्यपालिका बैठकका निर्णयहरू अनुमोदन गरेको छ। साथै कर्मचारीहरूको तलबी प्रतिवेदन, वार्षिक खरिद योजना पारित गर्दै महालेखा परीक्षकको कार्यालय (मलेप) अन्तर्गत करिब १८ करोड रुपैयाँ बराबरको सैद्धान्तिक बेरुजु सम्परीक्षण गरी नियमित गर्ने निर्णय गरेको छ।

नगरसभामा विभिन्न विषयमा सभासदहरूले उठाएका जिज्ञासामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले स्पष्टिकरण दिनुभएको थियो। सभाले केही नयाँ शीर्षकहरूमा कर प्रस्ताव गरेको छ भने ४३औँ नगरसभाबाट प्रस्तावित आयभन्दा कम राजस्व संकलन हुने देखिएपछि करिब १० करोड रुपैयाँ घटाएर न्यून बजेट पारित गरिएको छ।

यस निर्णयले वडास्तरीय योजनामा खासै प्रभाव नपर्ने भए पनि स्थानीय राजस्व बाँडफाँडतर्फ सम्झौता नभएका केही आयोजनाहरू प्रभावित भई कार्यान्वयनमा नजाने बताइएको छ।

प्रेस प्रमुख ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
111 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।