शुक्लागण्डकी नगरपालिकामा दुई पुरुष र एक महिलाको बीभत्स हत्या ।

पौष २६ गते शनिबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

नेपाली समाज कता जादै  छ ? मानवीय संबेदना सकिएको हो? किन हुन्छ यस्तो भयावह हत्याका घटना? तनहुँको शुक्लागण्डकीमा तीन जनाको विभत्स हत्या: निर्माणाधीन फोहोर प्रशोधन केन्द्र नजिकै शव फेला
दमौली, तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा तीन जनाको विभत्स हत्या भएको छ। शनिबार बिहान निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिकै दुई पुरुष र एक महिलाको शव फेला परेको हो।

मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुई जनाको अझै सनाखत हुन सकेको छैन। पहिचान खुल्नेमा शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक रहेका छन्। उनी सो प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ‘ग्रिन रोड प्रालि’का कर्मचारी हुन्।

घटनाको विवरण
शनिबार बिहान साढे ९ बजेको आसपासमा प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्ड बाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्र बाहिरै टहरा बनाएर बस्ने एक पुरुषको शव पनि फेला परेको थियो।

सोही टहरामा पुरुषसँगै बस्दै आएकी एक महिला हराइरहेकी थिइन्। खोजी गर्ने क्रममा दिउँसो १२ बजेतिर दुई पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७ सय मिटर टाढा जनकल्याण माविको पछाडि कसेरीघाटको जंगलमा ती महिलाको पनि शव फेला परेको हो।

शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार शवको प्रकृति अत्यन्तै विभत्स छ। मृतक नारायण विक र अर्का एक पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको छ भने महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।

प्रहरी अनुसन्धान र डिएसपीको भनाई
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीसहितको टोली र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली घटनास्थलमा खटिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार बिकले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभयो। डिएसपी बिकले भन्नुभयो:

“प्रारम्भिक अनुसन्धानबाट यो नियोजित हत्या नै भएको देखिएको छ। घटनास्थलमा तालिम प्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरेर सुक्ष्म अनुसन्धान गरिरहेका छौँ। मृतक दुई जनाको पहिचान खुल्न बाँकी छ, उनीहरू कवाडी संकलनको काम गर्ने बुझिएको छ। हामीले शंकास्पद व्यक्तिहरूको खोजी र प्राविधिक विश्लेषणलाई तीव्रता दिएका छौँ, छिट्टै सत्यतथ्य बाहिर ल्याउनेछौँ।”

शवहरूलाई पोस्टमार्टमका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाले स्थानीय त्रसित बनेका छन् भने प्रहरीले अपराधी उम्कन नपाउने गरी नाकाहरूमा समेत निगरानी बढाएको छ।

प्रेस प्रमुख ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
151 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।