पौष ३० गते बुधबार ।
तनहुँ ।
कृषक तथा उद्योगी सम्मानित
अमरराज नहर्की
तनहुँ
तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका उत्कृष्ट कृषक तथा उद्योगीहरुलाई सम्मान गरेको छ । संघको ४०औँ वार्षिक साधारण सभा तथा १८औँ महाधिवेशनको अवसरमा जिल्लाभित्र कृषि र उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका कृषक तथा उद्योगीलार्इ नगद पुरस्कारसहित सम्मान गरेको हो । संघले म्याग्दे गाउँपालिका–२ का किसान जागरण सुन्तला बगैँचा फर्मका सञ्चालक शुकनारायण श्रेष्ठ, व्यास नगरपालिका–१० डिहीगाउँस्थित अनन्त पोल्ट्री एण्ड मल्टी एग्रिचर प्रा .लि .का सञ्चालक कालिका पौडेल, व्यास नगरपालिका–११ का लामा कृषि तथा पशु फर्मका सञ्चालक जयबहादुर लामा, आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटका दीप तारा कृषि तथा पशु फर्मका सञ्चालक तारा अधिकारी तथा व्यास नगरपालिका–५ चापाघाटका सुबोध फुड ्सका सञ्चालक सुबोध वाग्लेलाई सम्मान गरेको छ । सम्मानित कृषक तथा उद्योगीलाई संघका अध्यक्ष वैकुण्ठनाथ मिश्र तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्दै संघका अध्यक्ष मिश्रले कृषि र उद्योग क्षेत्र जिल्लाको आर्थिक मेरुदण्ड भएको र मेहनती कृषक तथा उद्यमीलाई प्रोत्साहन गर्न संघले हरेक वर्ष सम्मान गर्दै आएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि वैद्यले सम्मानित व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै यस्ता सम्मानले उत्पादनशील क्षेत्रप्रति युवाको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
सम्मान पाउनेलाई हौंसला मिल्ने किसिमले समाचार बनाउ । सम्मान पाउने शुकनारायण श्रेष्ठको भनाई समेत समेटेर समाचार बनाउ