माघ १ गते बिहिवार ।
तनहुँ भानु ९ पुर्कोट।
घे संङ्क्रान्ति पर्व।
तस्मिन् ह्रदे महापुण्ये पुण्यनद्योस्तु सङ्गमे।
स्थाननाच्छताश्वमेधानां फलं प्राप्नोति मानव:।।
देवताहरुको पर्यटन स्थल देवघाटधाममा आज स पत्नी सहित कृष्णगण्डी र सप्तगण्डकीमा स्नान गरेर भगवान शिव,सूर्य,वायु र जलको बिशेष पूजाआजा गर्ने शास्त्रीय मान्यता ऋगवेदमा पनि उल्लेख छ।
देवघाटधाम देवताहरु मात्रै होइन संसारका सबै प्राणी र मानवका लागि मोक्षप्राप्तिको संगम तिर्थस्थल पनि हो।नेपालका धेरै तिर्थस्थलहरु प्रसिद्ध छन्।तिनमा पनि देवघाट बिशिष्ट र सर्वश्रेष्ठ तिर्थाटन क्षेत्रमा पर्छ।माघे संङ्क्रान्तिका दिन देवघाटमा गरेको स्थान व्रत र पूजाआजा अश्वमेघ यज्ञ बराबर हुने शास्त्रीय वचन छ।
देवकीले कृष्णगर्भ धारणाको लागि आजको दिन व्रत बसेकाले र कृपाचार्यकी पत्नी कृपीले पनि दुर्वासा ऋषिको सल्लाह अनुसार आजको दिन व्रत बसेको शास्त्रमा उल्लेख छ।भगवान श्री सूर्य श्रावण महिनामा दक्षिणायन वा दक्षिणको यात्रा सुरुगरेर आजको दिन फेरि उत्तरायण वा उत्तरको बाटो लाग्ने र आजको दिन देखि प्रकाशको अन्धकार माथि र घामको शीतमाथी बिजययात्रा पनि सुरु हुन्छ ।आजका दिनदेखि रात्रिमान घट्ने र दिनमान बढ्दै जाने हुनाले मकरसंक्रमण पनि भनिन्छ ।महाभारत कालमा भिष्मपितामह छपन्न दिन बाण शैयामा सुतेर आजैका दिन देहत्याग गरेकोले पनि आजको दिन महत्त्वपूर्ण मानिन्छ ।
नेपाल र भारतमा यो पर्व धुमधामले मनाउने गरिन्छ ।मधेसमा तिलको लड्डु ,गुडको लड्डु र पहाडी भेगमा कन्दमूल,शख्खर खण्ड,तरुल,खिचडी ,चाकु,घिउ,फापरको पिठो को फुरौला र सेलरोटी खाने चलन छ।माघेसंक्रान्तिको दिनमा बाघले पनि स्नानगर्ने गरेको किंवदन्ती छ। नेपालमा झापाको कनकाई,सुनसरीको वराहक्षेत्र,रिडि,ठाकुर द्वारा,माइस्थान देवघाट आदिक्षेत्रमा अहिले ठूलो मेला लागे छ।
सम्पादकीय ।