माघ १ गते बिहीबार ।
भानु ९ तनहुँ पुर्कोट।
भानु ९ बाइसजँगार पुर्कोट तनहुँमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. को एघारौं साधरण सभा हुने। उक्त संस्थाको मिति २०८२ साल माघ ३ गते शनिबार दिनको ठिक ११ बजे भानु नगरपालिका वडा नं ९को सभाहलमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष युवा तथा समाजसेवी श्री सुनिल श्रेष्ठले बताएका छन्। उक्त संस्थाको साधरण सभाको मुख्य आकर्षण राष्ट्रिय सभा सदस्य एवम् पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री श्री भगवती न्यौपाने रहने पनि सुनिल श्रेष्ठले बताएका छन्। नमस्ते बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभामा उपस्थिति हुनुका लागि सबै सेयरधनी सदस्य ज्यूहरु, तथा ,बुद्धिजीवी र समाजसेवी लाई समेत पत्र पठाएको पनि हामीलाई जानकारी प्राप्त भएको छ। उक्त साधारणसभामा उपस्थिति भई संस्थाको महिमा र गरिमा बढाउन का लागि सवितुर खवर मा सूचना प्रकाशन र प्रसारण गरेको पनि अध्यक्ष श्री सुनिल श्रेष्ठले बताएका छन्।