को हुन महिला उपसभापति भुसाल ।

माघ १ गते बिहिवार ।
काठमाडौं ।
काँग्रेस उपसभापति पुष्पा भुसाल काे हुन ?
निष्ठावान,स्वच्छ छवि भएकी,विदुषी नारी,काँग्रेसको धब्बा मेटाउने हिम्मत र।साहस बोकेकी फलाम जस्तै कडा र चट्टानी अडान राख्न सक्ने नेतृ हुन भूसाल, पाणिनि ऋषिको उद्गम स्थलमा जन्मेकी र सुनौलो नेपाल र सुखी नेपालीको सपना साकार पार्ने उनको जीवनको लक्ष्य छ।
अर्घाखाँचीकाे पाणिनि गाउँपालिका पोखराथोकमा जन्मनुभएका काँग्रेस महिला नेतृ पुष्पा भुसाल वि.सं. २०२८ सालदेखि राजनीतिमा सक्रिय छन्। नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील उनीसँग नेपाल महिला संघको महासचिव भएर काम गरेकाे अनुभव पनि छ। महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन्।
२०१७ साल फागुन १ गते जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन्। उनमा कानुन व्यवसायका रूपमा काम गरेकाे अनुभव पनि छ।
भुसाल पारिवारिक पृष्ठमूमि राजनीति हो। उनी २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन्। २०१७ सालमा पञ्चायत सुरु भएपछि गौतम १४ वर्ष सपरिवार भारत जादाँ पुष्पा पनि सँगै थिइन्।
२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन्। उहाँकाे सन्धिखर्क-९ स्थित डा. चाेपलाल भुसालसँग विवाह भएको हाे । उहाँका श्रीमान मेडिकल काउन्सिलकाे अध्यक्ष, पुर्व राजदुत हुनुहुन्छ ।
त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरेकी थिइन्। २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन्, भुसाल।
२०७० सालमा प्रत्यक्ष तर्फ पराजित भुसाल २०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि भुसाल उपसभामुख बनिन् । भुसालको पारिवारिक पृष्ठमूमि पनि राजनीतिक छ । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन भुसाल । पटकपटक काँग्रेस केन्द्रीय सदस्य भएकी पुष्पा भुसाल विशेष महाधिवेशन मार्फत केन्द्रीय उपसभापति पदमा निर्वाचित भईन् ।
भुसाल प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाउँदै आएकी नेता हुन् । भुसालको पारिवारिक पृष्ठमूमि पनि राजनीतिक छ । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन भुसाल । काठमाडौं संवाददाताले तयार पारेको रिपोर्टमा आधारित । सवितुर खवरका लागि ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
137 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।