आज २०८२ साल माघ ४ गते आइतबार, आजको राशिफल कस्तो छ? 

मेष : सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ । बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विपक्षी साथीले साथ दिनेछन् । कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ ।

__________ बिज्ञापन____________

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । अचानक पेट सम्बन्धी समस्या हुनसक्छ । शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

__________ बिज्ञापन____________

मिथुन : साथीभाइ दाहिना रहेका छन् । अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन् । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । कुनै कुराले मन अशान्त बन्नेछ । धार्मिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कट : चुनौतीको सामना गर्नुपर्ने समय छ । खर्च बढ्नेछ । अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने समय छ । स्वास्थ्यको ख्याल नगर्दा रोगले सताउने छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुने भएकाले धैर्यताको आवश्यकता देखिन्छ । परिवारको व्यावस्थापनका लागि चनाखो बन्नुपर्ने समय छ । स्वास्थ्यले साथ दिनेछ ।

कन्या : सम्पत्ति खर्च हुँदा मन अशान्त बन्नेछ । जसले गर्दा उत्पादन घटाउने जोखिम छ । व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ । चिसोबाट सचेत बन्नुपर्ने समय छ । राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ ।

तुला : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्नु भन्दा एकल लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राज्यले सेवाको अवसर दिनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुन्छ ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । बोलीका कारण साथीभाइ टाढा हुने भएकाले सचेत बन्नुपर्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी दलभन्दा पनि राज्यको तर्फबाट त्रास बढ्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । धैर्य भएर अगाडि बढेमा नतिजा राम्रो प्राप्त हुनेछ । परिवारसँग मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीन : लामो समयदेखि सहकार्य गरेका साथीले विरोध गर्नेछन् । शिक्षाको क्षेत्रमा चुनौती बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा संकटको समाधान हुनेछ । बिहान उठेर गणेशको भजन सुनेमा मन शान्त बन्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
144 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।