माघ ६ गते मंगलबार ।
काठमाडौं ।
गणपति वन्दना-
ॐशुक्लां वरधरं देवं शशिवर्णं चतुर्भुजम्।
प्रशन्नं वदनं ध्यायेत् सर्वविघ्नोपशान्तये।।
वर्णानां अर्थसंघानां रसना छन्दसामपि।
मंगलानां च कर्तारौ वन्दे वाणीविनयकौ।।
अर्थात् अक्षर अर्थ रस छन्द प्रदानगर्ने श्री सरस्वतीमाता तथा सर्वत्र मंगल गर्नेवाला भगवान गणेशजीलाइ वन्दना गर्दछु। यो स्पष्टछ कि वाणी यानि सरस्वती शब्द तथा भाषा कि दात्री हुनु हुन्छ र गणेशजी लेखनका देवता हुनु हुन्छ। वहांहरु दुवैको कृपाविना न त शब्द अर्थ रस तथा छन्दको ज्ञान हुन सक्छ न त लेखन शक्ति प्राप्त हुन सक्छ तेसैलै भगवती सरस्वती तथा भगवान गणेशजीको वन्दना गर्दछु।
स्मृति अनुसार जब भगवान वेदव्यासजीलाइ महाभारत ,ब्रह्मसूत्र,पुराणहरुको रचना गर्ने इच्छा जागेर आयो तर कहांवाट सुरुगर्ने कहाँ अन्त गर्ने के लेख्ने कुनै मेसो जिलो भएनर वहांले सर्व प्रथम विद्याकी दातृसरस्वती तथा सिद्धि वुद्धिका दाता विघ्नहर्ता गणेशजीको प्रार्थना गर्नु भयो । प्रार्थना गर्ना साथ दुवै वाणी शक्ति सरस्वती र लेखन शक्ति गणेशजीको कृपाभयो ,व्यासजीको मुखमा आएर सरस्वती वस्नु भयो र वहांका हातमा गणेशजीवसेर लेख्ने शक्ति प्रदान गर्नु भयो।
पौराणिक कथा अनुसार गणेशजीको विवाह ब्रह्माजीका दुई पुत्रीहरु सिद्धि र बुद्धिका साथ भएको थियो त्यस कारण श्रीगणेशजीलाइ सिद्धि वुद्धिका दाताको रुपमा पनि जान्न सकिन्छ। गणेशजीका दुई पुत्रको नामहो शुभ र लाभ त्यसैले गणेशजीका कृपापाट शुभलाभ पनि फलि भूत हुन्छ भन्ने मान्यता रही आएकोछ।
लम्वोदरं परम सुन्दर एक दन्तं
पीताम्वरं त्रिनयनं परमंपवित्रम्।
उद्यद्विवाकर विभोज्ज्वल कान्ति कान्तं
विघ्नेश्वरं सकल विघ्नहरं नमामि।।
ती देवता जो ठूलो पेट तथा यौटामात्रै दांत भएतापनि अत्यन्त सुन्दर हुनुहुन्छ। जस्ले पीताम्वर धारण गर्नु भएकोछ,जसका तीन वटा नेत्रछन् तथा जो परम पवित्र हुनु हुन्छ, जसको कान्ति उदयकालिन सूर्यको समान उज्ज्वल देखिन्छ त्यस्ता स्वरुपवाला तथा सम्पूर्ण विघ्नबाधाहरुलाइ हरण गर्ने विघ्नेश्वरदेवलाइ वन्दना गर्दछु।
नमामि देवं सकलार्थदं तं सुवर्णवर्णं भुजगोपवीतम्।
गजाननं भाष्करमेकदन्तं लम्वोदरं वारिभावसनं च।।
एकदन्तं महाकायं लम्वोदर गजाननम्।
विध्न नाशकरं देवं हेरम्बं प्रणमाम्यहम्।।
प्रातस्मरामि गणनाथ मनाथ बन्धुं
सिन्दूरपूर परिशोभितगण्डयुग्मम्।
उद्दण्डविघ्नपरिखण्डनचण्डदण्ड
माखण्डलादिसुरनायक वृन्दवन्यम्।।
वक्रतुण्ड महाकाय सूर्यकोटि सम प्रभ।
निर्विघ्नं कुरुमे देव सर्व कार्येषु सर्वदा।।
अनाथहरुका बन्धु सिन्दूरले शोभायमान गण्डस्थलवाला हरप्रकारका विघ्नहरुलाइ नाशगर्ने वाला एवं इन्द्रादि देवताहरु द्वारा वन्दित सिद्धि बुद्धिका दाता श्री गणेश भगवानलाइ प्रातकालमा वन्दना गर्दछु।
लामो शूंढ ठूलोपेट टेढो मेढो शरीरभएका करोडौं सूर्यका समान तेजस्वी भएका सिद्धि बुद्धिका दाता भगवानश्री गणेशजीले हामीलाइ सद्बुद्धि सत्प्रेरणा प्रदान गरून् हाम्रा सम्पूर्णकर्महरुलाइ निर्विध्नता प्रदान गरुन् तिम्रो आराधना गर्दछौं।
ॐसुमुखश्चैकदन्तश्च कपिलो गजकर्णक:।
लम्वोदरश्च किकटो विध्न नाशो विनाषक:।।
धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजानन:।
द्वादशै तानि नामानि य:पठेच्छृणुयादपि।।
विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा ।
संग्रामे शंकटे चैव विघ्नस्तस्य नजायते।।
शुक्लां वरधरं देवं शशिववर्णं चतुर्भुजम्।
प्रशन्नवदनं ध्यायेत् सर्व विघ्नोपशान्तये।।
अभीप्सितार्थसिद्ध्यर्थं पूजितो य :सुरासुरै:।
सर्वविघ्न हरस्तस्मै गणाधिपतये नम:।।
सर्व मंगल मांगल्ये? शिवे? सर्वार्थसाधिके।
शरण्ये त्र्यम्वके?गौरी नारायणि नमो$स्तुते।।
सर्वदा सर्वकार्येषु नास्तितेषांममङ्गलम्।
येषां हृदिस्थो भगवान मङ्गलायतनं हरि:।।
तदेव लग्नं सुदिनं तदेव तारावलं चन्द्रवलं तदेव।
विद्यावलं देव वलं तदेव लक्ष्मीपते ते$ङ्घ्रियुगं स्मरामि।।
लाभस्तेषां जयस्तेषां कुतस्तेषां पराजय:।
येषामिन्दिवरश्यामो हृदयस्थो जनार्दन:।।
यत्र योगेश्वर:कृष्णो यत्र पार्थो धनुर्धर:।
तत्र श्रीविजयो भूतर्ध्रुवा नीतिर्मतिर्मम।।
अनन्याश्चिन्तयन्तो मां ये जना पर्युपासते।
तेषां नित्याभियुक्तानां योगक्षेम भवाम्यहम्।।
स्मृते सकलकल्यां भाजनं यत्र जायते।
पुरुषं तमजं नित्य ब्रजामि शरण हरिम्।।
सर्वेष्वारम्भ कार्येषु त्रयस्त्रिभुवनेश्वरा:।
देवा विशन्तु न: सिद्धि ब्राह्मणेशानजनार्दना:।।
विश्वेशं माधवं ढुण्ढिं दण्डपाणिं च भैरवम्।
वन्दे काशीं गुहां गंगा भवानि मनिकर्णिकाम्।।
जुन सुकै शुभ कर्महरु गर्दाहोस वा घरवाट बाहिर कामविशेषले निस्कदा ,प्रवेश गर्दा, वा रणक्षेत्रमा जांदाहोस तेतीवेला निम्न लिखित गणपत्यादि देवता ,ब्रह्मा,विष्णु महेश्वरादि त्रिदेव एवं आदिशक्ति देवी दुर्गाको नाम स्मरण गरि कार्यारम्भ गर्नाले कुनै पनि वाधाहरु आउन सक्दैनन् भन्ने शाश्त्रीय मान्यताहरुछन्।
ॐएकदन्ताय विद्महे,वक्रतुण्डाय धीमहि तन्नो दन्ती प्रचोदयात्। ॐ शान्ति: ॐशान्ति: ॐशान्ति:।
(सुरेश खनाल) सनातनीले जान्न र बुझ्नुपर्छ ।