माघ ९ गते शुक्रबार ।
तनहुँ ।
ॐ सरस्वत्यै नमः
श्रीपञ्चमी/वसन्त पञ्चमीको शुभकामना ।
ॐ शान्ति: शान्ति: शान्ति:।।
वसन्त पञ्चमी ,सरस्वती माताकि जय,श्री पञ्चमी बुद्धि कि देवी माता सरस्वतीलाई कोटीकोटी नमन।अक्षराम्भ गर्ने दिन,कन्याहरुको नाक ,कान छेदन गर्ने शुभ र आौलोकिक दिन,प्रकृतिको बिधिवत पूजाअर्चना गरेर अन्नबाली उत्पादनका लागि धर्तीमाताको पुकार्ने दिन।
ॐ सरस्वत्यै नमःॐ महासरस्वतै नम।शारदेदेवी नम।
श्रीपञ्चमी/वसन्त पञ्चमीको शुभकामना ।
ॐ शान्ति: शान्ति: शान्ति:
सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी।
हंस वाहनसं युक्ता विद्यादानं कराेतुमे ॥
प्रथमं भारती नाम, द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ॥
पञ्चमन्तु जगन्माता, षष्ठं वागीश्वरी तथा ।
सप्तमं कौमुदी प्रोक्ता, अष्टमं ब्रहचारिणी ॥
नवमं बुद्धिदात्री च, दशमं वरदायिनी ।
एकादशं चन्द्रघण्टेती, द्वादशं भुवनेश्वरी ॥
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते नित्यं ब्रह्म रूपा सरस्वती ॥
विद्या, कला, वाणी र चेतनाको प्रतीक मानिने देवी सरस्वतीको उपासना गर्दै विद्यार्थी, सर्जक र ज्ञानसँग जोडिएका सर्जकले यो पर्व विशेष रूपमा मनाउने गर्छन्।
श्रीपञ्चमी साना बालबालिकाका लागि अक्षरारम्भ गरिने दिनका रूपमा पनि महत्वपूर्ण मानिन्छ। पहिलो पटक अक्षर चिनाउने संस्कार यही दिन गरिन्छ, जसलाई ज्ञान यात्राको औपचारिक सुरुवातका रूपमा हेरिन्छ।
ज्योतिषी ,साहित्यकार,लेखक, कलाकार, गायक, संगीतकारदेखि मिस्त्री, मूर्तिकार र विभिन्न सर्जकहरुले आजको दिन आफ्ना सिर्जनाका औजारको पूजा गर्ने विशेष अवसर हो। कलम, कागज, मसी, वाद्ययन्त्रजस्ता साधनको पूजा गर्दै सकारात्मक सोच र सिर्जनात्मक ऊर्जाको कामना गरिन्छ।