२१ गते बुधबार ।
तनहुँ ।
को हुन गीता अधिकारी पाण्डे ?
किन सधैंभरि उनी चर्चाको शिखरमा छिन्?
किन जाने हिमाल रिसोर्टमा ?।
के के छन बिशेषता र सेवा सुबिधा ?
पश्चिम नेपालको तनहुँ जिल्ला भानु नगरपालिका वडा नं ९ चितिखोलामा ग्रीन हिमालय रिसोर्ट तथा पशुपंक्षी फार्म व्यसाय सञ्चालन गरेर चर्चाको शिखर चुम्न सफल महिला उद्यमी गीता अधिकारी पाण्डे को रोजगारी र आर्थिक स्वतन्त्रताको क्षेत्रमा चुनौती स्वीकार्ने र चर्चाको सिखरमा पाइला सार्दै गरेकी अद्वितीय र अब्बल महिला हुन? भोजनालय सीप र क्षमताको लागि अब्बल हिम्मतवाली गीता अधिकारीले लोभलाग्दो रिसोर्ट र पशुफार्म व्यवसाय एक्लैले समालेकी छन्। उनका पति राजेन्द्रदेव पाण्डे नेपाल सरकारका बिशिष्ट श्रेणीका कर्मचारी छन्।। आलिसान महलमा बसेर महङ्गो फेसन र सौर्न्दर्यमा रमाउन पुग्ने हैसियत लाई पाखा लगाएर रिसोर्ट र पशुफर्म व्यसायमा सिखर चुम्दै छन गीता।सानैदेखि पढाइमा पनि अब्बल खानाको परिकारमा सौखिन र व्यसायमा रुचि राख्ने गीता व्यवसायमा पनि छलाङ मार्न कस्सिदै छन्। जीवनमा विभिन्न क्षेत्रमा अनुभवले खारिएकी गीतालाई अनन्त रिसोर्ट व्यवसायी जीवनले सन्तुष्टी दिएको उनी बताउँछिन् । अनन्त उनी होमिएकी छिन महिलाको आत्मनिर्णयको व्यवसाय / पशुफर्मको व्यसायमा ।मैत्रीपुर्ण व्यवहार, बहुआयमिक व्यवसाय, आबद्धता, धैर्यताको कारण सफल उद्यमीको रुपमा सफलताको शिखर चुम्न उद्वत छिन्, गीता अधिकारी पाण्डे तनहुँ भानु ९ चितिखोलामा।अब्बल सीप र क्षमता प्रदर्शन गर्न लालायित भईन र सुरु गरिन रिसोर्ट व्यवसाय ।
तर, मनमा डर त्रास र भय हुँदै गर्दा पनि उनी रिसोर्ट र फर्म व्यवसायमा होमिएकी छन् । अहिले रिसोर्टको व्यापार आफैंमा चुनौतीपूर्ण छ।रिसोर्टमा जुन सीप र पुँजी लगानी गरेकी छन् त्यो बुबाको छोरीलाई दिएको उपहार , आफ्नो मेहनत र परिश्रमको कमाई थियो । बुबाले ले दिएको नगद रकम केवल वस्तु मात्र थिएन। त्यो उनको आत्मीयतासँग र बुबाको पुत्रीमोह सँग जोडिएको थियो ।
अधिकारीले निर्धक्कसाथ आफ्नो व्यवसाय अगाडि बढाउन थालेकी छिन्।बाबु बाजेको पेसा भन्दा बेग्लै व्यसाय गर्ने र फरक क्षेत्रमा आफ्नो परिचय बनाउदै रिसोर्ट व्यवसायमा साम्राज्य खडा गर्ने उनको सोच छ।सानै देखि कुनै छुट्टै पेसा र व्यवसाय क्षेत्रमा केही नयाँ गर्ने सोच थियो उनी भन्छिन् ।नयाँ प्रविधिको प्रयोग गर्दै महिला पशुपंक्षी व्यसाय प्रवर्द्धनमा उनी अहोरात्र खटेकी छिन्।उनको व्यसायिक प्रतिष्ठानमा सेवा लिने ग्राहकको पनि घुइँचो लागेको देख्न सकिन्छ । नेपाली खाना र परिकारमा पारखीले उनको सीप र क्षमताको उच्च प्रसंशा गरेको सुन्न पाइन्छ ।पढे लेखेकी युवती रिसोर्ट उद्योगमा किन चुनौती मोल्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन् ।पढे लेखेकाले हो चुनौतीपूर्ण कार्य गर्ने र देश र समाज परिवर्तन गर्दै देश भित्र नै सम्भावनाको ढोका खोलेर बिदेश पलायन रोक्ने जिम्मा हाम्रो उनी भन्छिन् ।अर्गानिक भोजन,दूध सेवन,प्राकृतिक सौन्दर्यको मज्जा चाख्न पनि पुग्नै पर्ने गन्तव्य रहेको छ।हिमालय रिसोर्ट भानु ९ चितिखोला तनहुँ ।