दमौली तनहुँमा -याली हुने।

फागुन १५ गते बिहीबार ।

__________ बिज्ञापन____________

दमौ तनहुँ ।

__________ बिज्ञापन____________

प्रतिनिधिसभा निर्वाचन लक्षित: भोली दमौलीमा नेपाली कांग्रेसको नगर स्तरीय र्‍याली

नेपाली कांग्रेस व्यास नगर समितिले भोली फागुन १६ गते दमौलीमा नगर स्तरीय र्‍याली आयोजना गर्ने भएको छ। आगामी प्रतिनिधि सभा निर्वाचन-२०८२ लाई लक्षित गरी आयोजना गर्न लागिएको यस र्‍यालीको तयारी पूरा भएको जानकारी नेपाली कांग्रेस व्यास नगर सभापति सूर्य हड्खलेले दिनुभएको हो।

सभापति हड्खलेका अनुसार भोली बिहान ११:०० बजे दमौलीस्थित बि.पि. स्मृती भवनबाट र्‍याली सुरु हुनेछ। लोकतन्त्र, राष्ट्रियता र समाजवादको नारालाई आत्मसाथ गर्दै आयोजना हुन लागेको यस कार्यक्रममा नगरका विभिन्न क्षेत्रबाट व्यापक जनसहभागिता रहने अपेक्षा गरिएको छ। सभापति हड्खलेले “रुख” चिह्नमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराउने संकल्पका साथ यो चुनावी अभियानको सुरुवात गरिएको बताउनुभयो।

उहाँले यस नगर स्तरीय र्‍यालीमा सहभागी हुन कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक आह्वान गर्नुभएको छ। निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको शक्ति प्रदर्शन र जनतासँगको सामीप्यता बढाउन यो कार्यक्रम महत्त्वपूर्ण सावित हुने उहाँको विश्वास छ।

दमौली संवाददाता ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
137 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।