वाग्लेको चर्चा चुलियो।

फागुन १६ गते शनिबार ।
काठमाडौं ।
रास्वपाले शुक्रबार चितवन र तनहुँ का विभिन्न स्थानमा गरिएको रास्वपाको चुनावी आम सभा र कोण सभामा उपसभापति स्वर्णिम वाग्लेलाई वरिष्ठ नेताको पछि मर्यादाक्रममा राखिएको पाईएको छ।जसका कारण स्वर्णिम वाग्लेको अनुहारमा चितवनको सभामा खासै चमक देखिदैन्थ्यो। स्वर्णिम वाग्ले बिश्वले चासोको रुपमा हेरेका बिद्वान र कुशल राजनीतिज्ञ हुन।बालेन्द्र साह वाग्लेको अघि सूर्यलाई दिनमा लाइट देखाउनु जस्तै हो।रास्वपाको लहर बढ्नु,लोकप्रियता हासिल गर्नुको पछाडि वाग्लेको ठूलो भूमिका रहेको घाम जत्तिकै छर्लङ्ग छ।पछिल्लो समय रास्वपामा घुसपैठ बढेको छ।स्वर्णिम् को बिज्ञता सँग तर्सेकाहरु पार्टी भित्र नै वाग्ले बिरुद्ध षड्यन्त्रका ताना वाना बुन्ने काममा लागि परेका छन्।रविले वाग्लेलाई चेपे पनि डिपि अर्याल र बालेन पक्ष वाग्लेको बिरुद्धमा सतहमा देखिदै छ।संसारका शक्तिशाली मुलुकको नजरमा परेका वाग्ले ले तनहुँको बिकास र निकासको संवाहक बनेर इतिहास रच्ने बताएका छन्।
रास्वपाले दमौलीमा गरेको सभामा प्रधानमन्त्री उम्मेदवार बालेन शाहको पटक पटकको अनुपस्थितीलाई लिएर रास्वपाभित्र विभिन्न अड्कलबाजी गरिएको छ । दमौलीमा शुक्रबार आयोजना गरिएको सभामा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरे । जबकी त्यहाँ आफ्ना उम्मेदवार स्वर्णिम वाग्लेका पक्षमा मत जुटाउन बालेन शाह समेत आउने प्रचार गरिएको थियो ।
बालेनको समर्थन र प्रभावले वाग्ले चर्चाको शिखरमा पुगेका नेता होइनन् ।बालेनले भोट मागेर वाग्लेलाई जित्नु पनि छैन्।अघि पनि तनहुँको बाटो हुँदै गोरखा पुगेका बालेनले बुर्लाकोटी र सुदनको बिजयको लागि कुनै माखोमार्ने छाट देखिएको छैन। तनहुँ र लमजुङ नगए पनि वाग्ले,इन्जिनियर पौडेल र लमजुङका उम्मेदवार को लोक प्रीयतामा कुनै कमी देखिएको छैन्।बरु बालेन वाग्ले ले तनहुँ बाट चुनाव जितेर गएको खण्डमा सभापति लामिछानेको मुद्वा बल्झिएको खण्डमा संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने निश्चित प्राय छ ।यो डरका कारण राजनीतिक अपरिपक्वता र शक्ति सम्पन्न मुलुकले पनि बालेनलाई बिश्व नगर्ने अवस्थामा बालेन वाग्ले बिरुद्ध लागेको घाम जत्तिकै छर्लङ्ग छ। वाग्लेको पवित्र चुनावी सभा र क्षेत्रमा बालेन जस्तो अपराधीक मानसिकता बोकेको देशको ऐतिहासिक संरचना सिंहदरबार जलाउने अभिब्यक्ति दिने जेनजी सहिद र घाइतेको उपेक्षा गर्ने पाषाण ह्रदयको मनुवाले तनहुँ जस्तो पबित्र धाम देवताको पनि तिर्थस्थल ,वेदव्यास को जन्म भूमिमा टेक्न पनि भाग्यमा लेख्नुपर्छ।बालेनको रास्वपा पार्टी निर्माणका लागि कुनै योगदान नै छैन।यस्तो मान्छेले वाग्ले को कुनै कार्यक्रममा सहभागी भएनन् भनेर कुनै रोइलो गर्नुपर्ने अवस्था छैन्।
रास्वपाका बालेन पक्षीय एक नेताले बताए अनुसार विगतदेखि नै विभिन्न मुद्दामा भएको असहमतिका कारण बालेन चितवन, कास्की आदि आसपासका क्षेत्रमा पुग्दासमेत तनहुँमा आफ्ना उम्मेदवारका लागि मत माग्न नगएको बुझिएको छ।एक वाग्ले सय बालेन बराबर हुन।वाग्ले हुक्काको आगो हुन।बालेन चिलिमको डल्लो हुन।हुक्का भन्दा चिलिमको डल्लो तातो भने जस्तै हो।वाग्ले ले रास्वपाको नेतृत्व लिएर देश हाँक्ने पर्खाइमा रहेको तनहुँका प्रखर रास्वपा जिल्ला स्तरका नेताले सवितुर खवरको सम्पादक सँग को कुराकानीमा आफ्नो धारणा राखेका थिए।वाग्लेले तनहँमा लोकप्रिय मत हात पार्नेमा रास्वपा तनहुँ ढुक्क रहेको पनि बताएका छन्।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
133 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।