होली पर्व बिशेष ।

फागु पुर्णिमा।
पहाडी भूभागमाफागुन शुक्ल चतुर्दशीको आरम्भ बाट नै र आजको दिन र तराईमा र भारतीय दिप तथा अन्य मुलुकमा भोलिपल्ट फागुन शुक्ल पूर्णिमा का दिन होली पर्व मनाउने चलन छ।नेपालका प्राचीनतम।पर्व हरु मध्येको उत्कृष्ट पर्व हो।फागु सुरुमा होलाका पर्व थियो पछि अपभ्रशं हुदै होलली भनेर अहिले व्यापक प्रचलनमा रहेको पाइन्छ ।मीमांसादर्शनका आचार्य द्वय जैमिनि र भाष्यकार शबरले होलाका पर्वको चर्चा बिशेष रुपमा गरेका छन्।काठकगुह्यमा राकाहोलाके भन्ने सुत्र पनि छ।दवपालले लेखेका छन्।”होला कर्म बिशेष तत्र होलाके राका देवता भनेका छन्।अर्थ होला चाडपर्व हो र राका देवता हुन्।अर्थात फाल्गुणमासको पूर्णचन्द्र देवता भनेर भनिन्छ ।प्राचीन कालमा होलका भनेको खेल हो जसलाई क्रीडा पनि भनिन्थ्यो ।
जहाँ रङ्गिन रंग मिसाएर पानी छर्किनु र मनोरञ्जन लिने क्रीडा खेलको रुपमा लिइन्थ्यो।
फाल्गुने पौर्णमासी च सदा बालविकासिनी।
ज्ञेया फाल्गुनिका सा ज्ञेया लोकविभूतये।।
फागु पर्व बाल क्रीडा र बालबिकासका लागि कोसेढुङ्गाको पर्व हो।जहाँ रिस,राग,लोभ,मोह,घृणा,द्वेषको भावना बालसुलभ मनमा देखिदैन्।
आयुर्वेदशास्त्रका ऋषि चरक र सुश्रुत ग्रन्थमा पनि केशरी र अविर जस्ता प्राकृतिक रङ्गको प्रयोगले जीवनमा खुसी भरी छालालाई सफा राख्ने कुरा उल्लेख गरेका छन्।
कतिपयले भगवान साक्षत नारायण श्री हरिले कृष्णावतारमा पुतनाको बीस युक्त दुधपान पश्चात् पुतनाको बध भएको खुसीयालीमा गोपल र गोपिनीहरुसँग रासलीलाका रोचक प्रसंङ्ग पनि पाईन्छ ।
कतै भक्त शिरोमणि प्रह्लादको र होलिका दहनको प्रसंङ्ग पनि छ।
जे होस सबैलाई होलि पर्वको शुभकामना छ।सबैको जय जय होस् ।

__________ बिज्ञापन____________

सम्पादकीय ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
81 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।