प्रतिनिधि सभाका एकल दलित पुरुष बिजेता बने खगेन्द्र सुनार।

फागुन २८ गते बिहीबार ।
काठमाडौं ।
खगेन्द्र सुनार: १६५ क्षेत्रमा भिड्ने २३२ दलित उम्मेदवारमध्ये ‘एक्लो’ विजेता !

__________ बिज्ञापन____________

प्रतिनिधि सभा निर्वाचन २०८२ को परिणाम आउँदा एउटा तितो तर गर्विलो यथार्थ बाहिर आएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ निर्वाचित हुने दलित समुदायको ‘एक्लो वृहस्पति’ बन्नुभएको छ— रास्वपाका खगेन्द्र सुनार!

__________ बिज्ञापन____________

बाँके-३ मा सानदार जित!
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं दलित अभियन्ता खगेन्द्र सुनारले २९ हजार ५५१ मतका साथ एमालेका उम्मेदवारलाई झण्डै १० हजार (९,९३६) मतान्तरले क्लिन स्वीप गर्नुभयो। २३२ जना दलित उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि रातो टिका लगाउने शौभाग्य भने सुनारले मात्र पाउनुभयो।

डाटा बोल्छ— दलित प्रतिनिधित्वको टिठलाग्दो अवस्था:

चुनावी मैदानमा: ६.९० प्रतिशत अर्थात् २३२ जना दलित उम्मेदवार।

स्वतन्त्रको लहर: ११२ जना दलित स्वतन्त्र उठे पनि अधिकांशले १०० भोट पनि कटाउन सकेनन्।

ठूला नेताको हार: कांग्रेसका सह-महामन्त्री प्रकाश रसाइली स्नेही बझाङमा झिनो मतान्तरले पराजित हुनुभयो भने पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा कालिकोटमा चौथो स्थानमा खुम्चिनुभयो।

महिला उम्मेदवार: एमालेकी विमला विक बर्दियामा चौथो हुनुभयो।

“अब संसद्मा एक्लो परे पनि दलितको मुद्दा ओझेलमा पर्न दिन्न!”
विजयी भएपछि खगेन्द्र सुनारले भन्नुभयो— “प्रत्यक्ष निर्वाचनमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्थ्यो, जुन हुन सकेन। अब संविधानमै यसको ग्यारेन्टी चाहिन्छ। संसद्मा म एक्लो भए पनि दलितका आवाजलाई दबिन दिने छैन, हामी सामूहिक रूपमा गर्जिनेछौँ!”
प्रेस प्रमुख ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
149 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।