रामनवमी बिशेष ।

चैत्र  १३ गते शुक्रबार ।

__________ बिज्ञापन____________

आजको प्रसंग” श्रीरामनवमी र रामायण कथा प्रसंग”

__________ बिज्ञापन____________

अयोध्याकाण्ड-
नीलाम्बुज श्यामलकोमलाङ्गं सीतासमारोपितवामभागम्।
पाणौ महासायकचारु चापं नमामि रामं रघुवंशनाथम्।।
नीलकमल जस्तै श्यामवर्ण र कोमलशरीर भएका जनकनन्दिनी श्रीसीताजीलाइ बायाँ भागमा विराजमान गराउनु भएका तथा हातमा धनुषबांण लिनुभएका श्रीराम प्रभुलाइ वन्दना गर्दछु।
प्रशन्नतायां नगताभिषेक तथा नमम्ले वनवास दु:खत:।
मुखाम्वुजश्री रघुनन्दनस्य मे सदास्तु सा मंन्जुल मंगल प्रदा।।
श्री रामचन्द्रवजी नत राज्याभिषेक हुंदैछ भनेर हर्षित हुनुभयो नत वनवास जान पर्यो भनेरनै विस्मात भयो,यस्ता समदर्सी रघुकुल दीपक मंगलमूर्ति प्रभु श्रीरामचन्द्रजीले हामीलाइ मंगल प्रदान गरून्।
भगवान रामजीको वनवासको कहानी-
अयोध्या नरेश श्रीदशरथजीका चारै भाइ राजकुमारहरुको वाल्यकालको शिक्षा गुरुवशिष्ठका समीपमा भैरहेको हुन्छ साथै चारैभाइहरुको उपनयन संस्कार पनि भइ सकेको हुन्छ। त्यसै समयमा गुरुविश्वामित्र राम लक्ष्मणलाई लिन आउनु हुन्छ र साथमा गएर वनमा लिएर जानू हुन्छ जहाँ विश्वामित्र ऋमुनिहरुको आश्रम रहेको हुन्छ। त्यहा रहेर श्रीराम लक्ष्मणले यज्ञशालाहरुमा विघ्न पार्ने मारीच, ताडका आदि राक्षसहरुको वध गर्नु हुन्छ। त्यही वसेर थप शिक्षा पनि लिंदै गर्नु हुन्छ र तेतै वाट ऋषि विश्वामित्रका साथमा मिथिला नगरी पुग्नु हुन्छ ।मिथिला पुगेर मिथिला नरेश श्री जनकमहाराजका यज्ञशालामा सामेल हुनु हुन्छ। त्यहां श्रीरामले सीता स्वयंवरमा भाग लिएर शिवधनुष तोड्नु हुन्छ र जनकनन्दिनी सीताजीले श्रीरामलाइ स्वयंवरमाला पहिराउनु हुन्छ। त्यसको केही दिन पछि राजर्षि जनकजीका चारवटै कन्याहरु क्रमशःसीता ,माण्डवी ,उर्मिला र श्रुतिकीर्ति संग क्रमश:श्री राम,,भरत, लक्ष्मण र शत्रुघ्नको विवाह हुन्छ। यसरी चारै भाइको विवाह भएर राजधानी फर्के पछि राजाका मनमा रामलाइ राज्यारोहण गराएर वनमा तपस्या गर्न जाने इच्छा हुन्छ र गुरु वशिष्ठ संग परामर्श गर्नु हुन्छ ।गुरु वशिष्ठले शुभ मुहूर्तहेरेर राज्याभिषेक गर्ने दिन निर्धारित गर्नु हुन्छ। त्यसैको लागि अवधराज्यको राजधानी अयोध्यामा राज्याभिषेक तयारी भैरहेको हुन्छ।
ठिक तेसै समयमा रानी कैकेयी रिसले चुर भएर कोप भवन भित्र जान्छिन् र विलाप गर्न थाल्छिन्। उता राजादशरथ कैकेयीलाइ कोप भवन भित्र जान्छन् र कैकेयीलाइ कोपको कारण केहो ? कस प्रति क्रोधित भएकीहौ भन्दा कैकेयीले तपाइकै व्यवहारवाट कुपित हुनपरेकोहो भन्छिन्। अनि राजा भन्नू हुन्छ हे प्रिये?तिमी यसरी नरिसाउ वरु भन मैले केगर्नु पर्छ म तिम्रो लागि जे पनि दिन सक्छु भनि राजाले भन्छन्। यसरी वात गर्दा गर्दै देवासुर संग्राम वाट फर्कदा राजाले कैकेयीलाइ दिएका दुई वरका वारेमा कैकेयीले दशरथजीलाइ संझाउछिन् र राजा संग ती दुई वचन पूरा गर्न भन्छिन्। राजाले हुन्छ माग म दिन्छु भन्छन् । कैकेयीले देवासुर संग्रामवाट राजधानी फर्कदा वाटामा राजाले रानीलाइ दिएका दुई वरका वारेमा संझाउंछिन् जस्तै”
एक समय रामलक्ष्मण भरत नजन्मदै राजा दशरथजी इन्द्रको निमन्त्रणामा देवासुर संग्राममा भागलिन जानू हुन्छ। युद्धमा जांदा रणविद्यामा निपुण मानिएकी कान्छी रानी कैकेयीलाइ पनि साथमा लिएर जानु भएको हुन्छ। उक्त युद्धमा देवताहरुले असुरहरु उपर विजय हासिल गर्छन्। जब स्वर्गवाट राजा रानी अयोध्या फर्कदै थिए तब वाटामा आउंदा राजाले रानीलाइ भन्छन् कैकेयी ? तिम्रो रणकौशलताले गर्दा हामीले असुरहरु माथि विजय गर्न सक्यौं,। आज म तिमिदेखि धेरै प्रशन्न भएकोछु । तिमीले म संग कुनै दुई वटा वर माग ती म तत्कलै पूरा गर्नेछु भनि कैकैयीलाइ & भन्नु भयो। जवाफमा कैकेयीले भन्छिन् आर्यपुत्र? ऐले म सवै कुराले भरिपूर्णछु ऐले मलाइ केही कुराको आवश्यकताछैन तैपनि कुनै दिन आवश्यकता पर्यो भने तेती वेलामा माग्नेछु । आवश्यकता परेका वेला मैले माग्दा हजुरले दिने वचन दिनु हुन्छ भने मैचाहेका वरदान दिने गरी वचन दिनु भयो भने मलाइ तेति मात्रै वाचा गराइ राख्न चाहन्छु भन्छिन्। राजाले भने” रघुपति रित चलि आइ प्राण जाय वचन नजाय” अर्थात् हाम्रो रघुकूलमा ऐले सम्म कसैले पनि वचन दिई सकेपछि वचन पुरा नगरेको कोही छैन भनेर आफ्ना पुर्खाहरु सत्यवादी हरिश्चन्द्र, राजादिलीप, रधु, आफ्ना पिता अज को नाम लिंदै आंफुले पनि वाचापुरा गर्ने प्रतिवद्धता जाहेर गर्नु हुन्छ।”
यिनै दुई वरमा एक आफ्नो छोरा भरतलाइ अयोध्याको राज्याभिषेक गर्नु पर्ने र अर्कोवरमा श्रीरामलाइ १४वर्षको वनवासमा जान आज्ञा दिन पर्ने वर माग्छिन्।
कैकेयीले जब यस्तो वरमागिन् जो राजाले उनका माग पूरा गर्न सक्ने शक्तिनै थिएन र कैकेयीलाइ वार वार संझाइ रहे हे देवी? तिमीत रामलाइ आफ्नो भरतलाइ भन्दा पनि प्यारो गर्थ्यौ । आज अचानक तिम्रा मुख वाट कसरी यस्ताअनर्थकारी वचन वोल्न सक्यौ? अझै पनि संझत हाम्रो राम साक्षात् ईश्वरको रुपहो। तेसैलेत महर्षि विश्वामित्रले दानवहरुको आक्रमण वाट तपोनिष्ठ सम्पूर्ण ऋषि गण तथा यज्ञशालाहरुको रक्षाको लागि लिएर जानु भयो। रामले कतिपय दुष्ट असुरहरुको संहार गरेकाछन् ।उनी प्रति यस्तो अन्याय नगर भनेर कति संझाउंछन् तर कैकेयी मान्दिनन्। यत्तिकैमा राजा कैकैयी भएकै स्थानमा मूर्छित हुन्छन्। केही वोल्न सक्दैनन्। त्यस पछि कैकेयीले रमालाइ वोलाउन पठाउंछिन् र रामलाइ भन्छिन् ” हे राम? राजाले मलाइ जुन वचन दिनु भएकोथियो ,ती वचनहरु पूरा गर्न राजालाइ तिम्रो भयले दिएको छैन ।यदि तिमीले पिताका वचन पालन गर्ने वचन दिन्छौ भने राजाले मलाइ दिएका ती दुई वचन राजाका आज्ञाले तिमीलाइ सुनाउंछु। के तिमी राजाको आज्ञापालन गर्न तयारछौ?” भन्छिन्।
त्यसको जवाफमा राम भन्नू हुन्छ?
अहो धिङ् नार्हसे देवि? वक्तुमामी दृशं वच:।
अहं हि वचना द्राज्ञ: पतेयमपि पावके।।
भक्षयेयं बीस तीक्ष्णं पतेयमपि चार्णवे।
नियुक्तो गुरुणा पित्रा नृपेण च हितेनच ।।
तद् ब्रूहि वचन देवि राज्ञो यदभिकाक्षितम्।
करिष्ये प्रति जाने च रामोद्विर्नामिभाषते।।
(वा रा अयोध्याकाण्ड १८/२८/३०)
हे देवी? मलाइ धिक्कारछ जो तपाइले मेरो विश्वास नगरेर यस्तो वचन वोल्नु भयो। तपाइंले म संग यस्ताकुरा गर्न हुंदैन किन कि मत महाराज श्रीको आज्ञापालन गर्नको लागि जलेको अग्निमा हाम फाल्न सक्छु, कडा भन्दा कडा हलाहल बीस पिउन सक्छु, अगाध समुद्रमा छलांग लगाउन सक्छु,। फेरि वहांत मेरो पिता मात्रै हुनु हुन्न वहांत मेरो गुरु,राजा तथा परम हितैषी हुनु हुन्छ। तेसैले मैलै मेरा परम हितैषी पिताश्रीको जस्तो सुकै आज्ञापालन पूर्णरुपले गर्ने प्रतिज्ञा गर्छु ।रामले जो प्रतिज्ञा गर्छत्यो पूरा गरेरै छाड्छ। अत: हेमाता?मेरो लागि पिताको आज्ञा केछ? अविलम्व मलाइ वताउनु होस भनी श्रीरामजीले कैकेयीलाइ भन्दा कैकेयीले रामलाइ भन्छिन “हे राम ? देवासुर संग्राममा विजय प्राप्तगरी हामी अयोध्या तर्फ फर्किदां तिम्रा पिताले मलाइ दुई वर माग भन्नू भएको थियो। तेती वेला मैले पछि कुनै दिन मागौंला भनेकी थिएं आज तिनै दुई वरमा यौटा तिम्रो ठाउंमा भरतलाइ राज्याभिषेक गर्ने र अर्को वरमा तिमीलाइ १४वर्षको वनवास मागेकी थिएं तर तिम्रो डरले वहांले भन्न सक्नु भएन र वहांको आज्ञाले मैले भनेकी हूं । ”
यति कुरा कैकेयीले भने पछि श्रीरामजीले कैकेयीमातालाइ भन्नू भयो माताश्री पिताजीका वचन पालन गर्नको लागि म वनमा जान्छु ।पिताको ख्याल गर्नुहोला मलाइ आशीर्वाद दिनुहोस भनेर माता कैकेयी र पितावाट आशीर्वाद माग्नु हुन्छ पिता मूर्छापरी लड्नु भएको थियो हातले इशारा गर्नु भयो ,तेसैलाइ स्वीकृति मानी श्रीराम त्यहांवाट निस्केर आफ्नी माता कौशल्या समक्ष जानुभयो र आशीर्वाद माग्नु भयो। तर माताकौशल्याले रामलाइ भन्नु भयो – बाबू? जसरी गाई आफ्नो वाच्छा जता जता जान्छिन् ,गाई पनि उतै उतै जान्छिन् तेसै गरि म पनि तिमी जता जता जान्छौ तेतै तेतै थिमी संगै जान्छु भन्नुहुन्छ। जस्तै –
कथं धेनु: स्वकं वत्सं गच्छन्तामनु गच्छति।
अहं त्वानु गमिष्यामि पुत्र यत्र गमिष्यसि।। अ/४/९
यसको उत्तरमा रामजी भन्नू हुन्छ “माताजी? जवतक अयोध्याकाराजा मेरा पितजी जीवित हुनु हुन्छ तब तक वहांको सेवा तपाइले गर्नु पर्छ। यही प्राचीन (वैदिक)धर्महो। मेरो अनुपस्थितिमा कुनै प्रकारको कष्ट हुन नपाओस। पिताजीलाइ कहीं कतै वाट पनि मलाइ वनवास जाने आज्ञा दिएकै कारण वाट घोच पेच हुन नपाओस किन कि पिताको यो आज्ञा मेरै भलाइको लागि थियो । अत मलाइ आशीर्वाद दिनु होस भनेर आमालाइ संझानु हुन्छ । त्यस पछि आमा कौशल्या भन्नू हुन्छ =पुत्र तिमी धन्यछौ जसलाइ राज्यारोहणका वेला वनवास जान परेकोछ त्यसको चिन्ताछैन तर तिमीलाइ वनवास पठाउने पिताको यति चिन्तछ?
प्रशन्नतायां नगताभिषेक तथा नमम्ले वनवास दु:खत:।
मुखाम्वुजश्री रघुनन्दनस्य मे सदास्तुषा मंजुल मंगल प्रदा:।।
श्री रमाचन्द्रजीलाइ नत मेरो राज्याभिषेक हुंदैछ भनेर हर्ष भयो न वनवासमा जान पर्यो भनेर शोकनै भयो यस्ता निर्मानमोहा जितसंग दोष:। मायामोहवाट परे समदर्शी महात्मा श्रीरामलाइ नमन गर्दछु।
राम ?तिम्रो उद्देश्य सफलहोस भगवानले रक्षा गरून् भनेर आशीर्वाद दिन्छिन् ।त्यस पछि क्रमश: सवै संग विदा मागेर मुनिवेस धारण गरेर श्रीराम निस्कनु हुन्छ ।उता सीताजी पनि तयार भएर निस्कन्छिन् ।सीतालाइ तिमी? पनि वनजाने? भन्दा सीता भन्नू हुन्छ नारीका लागि पतिनै स्वर्ग हुन् ,उनको सेवा गर्नुनै नारीको कर्तव्यहो भन्छिन् र रामकै पछिलाग्छिन्।यसै गरी दजुको सेवाको लागि लक्ष्मण पनि तयार भएर निष्कन्छन् । तेती वेला भरत र शत्रुघ्न मामा घर गएका हुन्छन् । सुमित्राले पनि आफ्नोछोरा लक्ष्मणलाइ आशीर्वाद दिएर दाजुको सेवामा पठाउछिन् ,यस्तै लक्ष्मण पत्नी उर्मिलाले पनि लक्ष्मणलाइ स्वीकृति दिन्छिन् । यसरी तीनै जना राजधानीवाट निष्कन्छन्।
त्यस पछि राजाको देहावसानहुन्छ भरतलाइ वोलाइन्छ ।भतले राज्यारोहण गर्न मान्दैनन् ,गुरुवशिष्ठजीले सम्झाइ वुझाइ गरेपछि भरतजीले सके सम्म रामलाइ फिर्ता ल्याउन सवैलाइ साथ लिएर चित्रकुट जान्छन् ।भरतजीले धेरै पटक अनुनय विनय गर्दा पनि राम फर्कन मान्नु हुन्न र कैकेयीले राम संग माफि माग्दै वचन फिर्ता लिन्छु बाबू? तिमी राजधानी फर्क भन्छिन् ।
जवाफमा रामजी भन्नू हुन्छ “माता? हजुरले पिताजीको आज्ञा अनुसार हजुरले भन्नू भएको हुनाले त्यो आदेश पिताकै हो त्यसैले पिताको आज्ञा उलङ्घन गर्न म असमर्थछु” भनेर जवाफ दिए पछि अन्तमा भरतजीले राजसिंहासनमा राख्न रामका खराउ वोकेर आउनु हुन्छ र भरतले १४वर्षसम्म रामका खराउलाइ सिंहासनमा राखेर आफू भुइंमा वसेर गुरु वशिष्ठको परामर्शमा राज्य संचालन गर्नु हुन्छ।
१४वर्षको वनवास पछि राम सीता लक्ष्मण राजधानी फर्कनु हुन्छ ।भरतजीले रामको नाशो अयोध्याको राज्य रामलाइ वापस गर्छन् ,। सीताको अग्निपरीक्षा हुन्छ पतिव्रता नारी सीता परीक्षामा खरो उत्रिन्छिन्। त्यश पछि अयोध्यामा रामको राज्य सुरु हुन्छ।
अब रामराज्यका वारेमा संक्षिप्त वर्णन-&
वाल्मीकि रामायणानुसार- रामराज्यका ६ प्रमुख विशेषताछन् । यश समयमा सवै सुखीछन्, सवैकर्तव्य परायणछन् ,सवै दीर्घायुछन्,सवै निरोगीछन् ,सवैमा दाम्पत्य प्रेमछ।यश समयमा प्रकृति उदारछिन्,सवै नैतिकवान्छन्।
1सवैसुखी -वाल्मीकीजीका शब्दमा –
निरामया विशोकाश्च रामे रज्यंप्रशासति। (वा रा १२८ )तथा सर्वे मुदिता आसीत्।अर्थात् राम राज्यमा सवै प्रजाजन रोग र शोक रहित थिए। तथा सवै खुसी र प्रशन्न थिए। यस युगको व्यवस्था पनि सत्य युगको जस्तै थियो।
१)रामराज्यको ठूलो विशेषता यो हो कि उनको राज्यमा सवै प्रशन्न ,सुखी, सन्तुष्ठ, हृष्ट पुष्टछन्। सवै रोग व्याधी वाट मुक्तछन्,। कसैका मनामा कुनै कुभावना ,कुविचार ,लोभ ईर्ष्या, द्वेष,वैमनस्यता कटुता छैन , कसैलाइ कसैले दु:ख पीडा दिंदैन।
तुलसीकृत रामायण अनुसार रामराज्य-
दैहिक, दैविक,भौतिक तापा। राम राज नहीं कछु व्यापा।। तु रामायण
२)सवै राजा प्रजा कर्तव्य परायण-
कुनै पनि राज्यमा खुसीयाली तब हुन्छ जब त्यस राज्यका शासक देखि जनता सम्म इमानदार नैतिकवान र कर्तव्य परायणहोउन्। यदि हरेक व्यक्तिले आफ्नो कर्तव्य इमानदारी पूर्वक पुरागर्न प्रतिवद्ध हुन्छन् भने त्यो राज्यमा सम्पन्नता र खुसीयाली तेसै पैदा हुन थाल्छ। रामराज्यमा काम कर्तव्य निर्धारणको लागि समाजमा वर्णाश्रमको व्यवस्था गरिएको थियो।
यो समयमा यहांका प्रजाजनहरुले वर्णाश्रम धर्मानुसार आ आफ्नो कर्तव्य पालन गर्ने गर्थे। वाल्मीकि शब्दमा(ब्राह्मणा :क्षेत्रीया: वैश्या: शूद्रा: लोभ वर्जिता।वा रा यु का१२८/१०४
अर्थात् राजा प्रजा सवै निर्लोभी थिए।
यसै गरि सन्त तुलसीले पनि लेख्नु भएकोछ-
चलहिं सदा पावहिं सुखहिं नही भय शोक रोग। मानस उ का २0
अर्थात् चलहिं स्वधर्म निरत श्रुतिनीति) अर्थात मानिसहरु शास्त्र ,नीति नियम अनुसार आ आफ्नो स्वधर्ममा रहेर कर्महरु गर्थे। यहाँ वर्णाश्रम धर्म कर्मको व्यवस्था जन्मका आधारमा नभएर मनुष्यको प्रकृतिर स्वभाव रुचि अनुसार गरिन्थ्यो।
३)पूर्ण आयु -राम राज्यमा सवैजनाले पूर्णायु प्राप्त गर्थे। पूर्णायु प्राप्त व्यक्तिको मृत्युपनि शोक प्रद हुंदैन थ्यो। राम राज्यमा यदि कसैको अल्पायुमै मृत्यु भैहाल्यो भने पनि त्यसको कारण खोजिन्थ्यो र त्यसको निवारण गरिन्थ्यो।
अल्प मृत्यु नहि कवहिउ पीरा।
सव सुन्दर सव विरुज शरीरा।।
नहिं दरिद्र कोउ दुखीन दीना।
नहिं काउ अवुध न लच्छन हीना।। मानस उ का २१/३
४) दाम्पत्य प्रेम- कुनै पनि समाजमा वा राज्यमा पति पत्नीका वीचमा परस्पर प्रेम विश्वाश एवं सौहार्दता रहनु पर्छ यसो हुनु भनेको समाजमा खुसहाली हुने लक्षण हुन्। राम राज्यमा स्त्रीहरुले पतिब्रता धर्मको पालन गर्थे र पतिहरु एक नारी व्रति थिए।
५)प्रकृतिक उदारता-
संसारमा विद्यमान सम्पूर्ण प्राणीहरु प्रकृतिद्वारा वांधिएका हुन्छन्। प्रकृतिवाट कोइ पनि भिन्न रहन सक्दैन। राम राज्यमा प्रकृति पनि उदार थिइन्। राम राज्यमा दुर्भिक्ष, अतिवृष्टि अनावृष्टि,अकाल वाढी पैरो जस्ता प्राकृतिक पैरोहरु हुदैनथ्यो। पृथ्वीमा सदा हरियाली छाएको हुन्थ्यो, जग्गा जमिनहरुमा अन्नपातले भरिपूर्ण हुन्थे। वृक्षहरु फलफूलले लदिएका हुन्थे,वर्षा आवश्यकतानुसार समयानुकूल हुने गर्थ्यो।
राघवे शासति भुवं लोक नाथे रमापते।
वसुधा शस्य सम्पन्ना फलवन्तश्च भू रुहा:।। अध्यात्म रा उ का ४/२१
६)नैतिक उत्कृष्टता-
नैतिकतालेनै समाजलाइ मजवूत र श्रेष्ठता प्रदान गर्दछ। वाल्मीकि रामायणकानुसार राम राज्यमा चोर र लुटेराहरुको भय थिएन।(नानर्थं कश्चिद्स्पृश्यत।) अर्थात् अनर्थकारी काम कसैले गर्दैन थे। सवै प्रजाजनहरु धर्ममा प्रवृत्त भइ रहन्थे। कोही झूट ,कपट कसैले गर्दैनथे। सवै उदार र परोपकारी भावनाले प्रेरितथिए।
तुलसीकृत रामयणका अनुसार
सव उदार सव उपकारी ,विप्रचरन सेवक नर नारी।। अर्थात राम राज्यमा सवै ज्ञानी थिए, सवै अहंकार रहित र अकपट भावना राख्दथे।
जन्मभूमि प्रति रामको भक्ति –
अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।।
श्री रामजीले जव लंकाधिपती राववण उपर विजय प्राप्त गर्नु भयो तेति वेला लक्ष्मणजीले आफ्ना दाजु रामजीलाइ भन्नु भन्नुहुन्छ भ्राताश्री? लंकामात सुनै सुनछ मलाइत एतै वसौं जस्तोलाग्छ हजुरको विचार केछ؟ भनेर लक्ष्मण जीले सोद्धा श्री राम भन्नु हुन्छ हे लक्ष्मण? यद्यपि लंका सुनै सुनले वनेकोछ तथापि यहां मेरो मन रमाउंदैन जति मलाइ मेरो मातृभूमि अयोध्या र मेरी आमा कौशल्या हुनुहुन्छ त्योनै मेरो लागि प्यारोछ।आज हाम्रा पिताश्री हुनुहुन्न,आमाले वैधव्य जीवन भोगि रहनु भएकोछ ।,हाम्रो राज्य तिम्रा दाजु भरतले धर्मपूर्वक राज्यको रेख देख गरेका छन् आमाले दिशा निर्दश गर्नु भएकोछ,तिम्री उर्मिलाले तिम्रोअभावमा पतिब्रत्य धर्म पालन गर्दै ब्रत वसेकीछिन्। तिम्रो वाटो हेरर वसेकी छिन्,अवधका प्यारा जनताले हाम्रो वाटो हेरेर वसेकाछन्। यसरी रामचन्द्रजीले लक्ष्मणलाइ संझाउनु भयो।
यसरी जब भगवान श्रीरामचन्द्र आफ्ना सम्पूर्ण लिलाहरु संवरण गरेर साकेत धाम जाने निर्णय गर्नु हुन्छ र वहा पछि आउने राजाहरुले पनि आंफुले जस्तै सवै राजाहरुले धर्मपूर्वक राज्य गरून् भन्दै यौटा सन्देस लेखेर छाड्नु हुन्छ जस्तै-
भूयो भूयो भाविनो भूमिपाला।
नत्वा नत्वा याचते रामचन्द्र:।।
सामान्यो$यं धर्मसेतुर्नृर्पाणाम्।
काले काले पालनियो भवद्भि:।।
अर्थात् भगवान रामचन्द्रले आंफु पछि आउने राजाहरुलाइ विनम्रताका साथ अनुरोध गर्नु हुन्छ कि मत अब स्वधाम जांदैछु अब पछि यहाँ आउने राजाहरु सवैले राजधर्मको पालन गर्दै राज्य संचालन गरून्। ,किनभने धर्मनै एक अर्कालाइ जोड्ने पुलहो। धर्मलेनै राजा र प्रजालाइ जोड्छ ।,पत्नीको धर्मले पतिलाइ जोड्छ,पिताको धर्मले पुत्रलाइ पुत्रधर्मले पितालाइ जोड्छतेस्तै राजाको धर्मले प्रजालाइ र प्रजाको धर्मले राजालाइ जोड्छ। तेसैले राजा प्रजा सवैले आ आफ्नो धर्मको पालन गरून्।
एकश्लोकी रामायण
आदौ राम तपो वनादि गमनं हत्वा मृगं काञ्चनम्।
वैदेही हरणं जटायु मरणं सुग्रीव सम्भाषणम्।।
वाली निर्दलनं समुद्र तरणं लङ्कापुरी दाहनम्।
पश्चाद् रावण कुम्भकर्ण हननं एतद्धिरामायणम्।।
अर्थ एक पटक श्रीरामजी १४वर्षको लागि वनवासमा जानुभयो। वहां पञ्चवटीमा वस्नुहुंदा स्वर्णाकारको मृग देख्नु भयो ,त्यसलाइ मार्नु भयो। यसै वेलामा रावणले सीतालाइ हरण गरेर आकाश मार्गवाट लांदै थियो अन्तरीक्षमै पक्षीराज जटायु सीताको वचाउमा आए र रावण संग युद्धभयो। युद्धमा जटायुको मरण भयो।त्यस पछि रामको सुग्रीव संग मित्रता भयो,र सुग्रीवलाइ दु:ख दिने उसको दाजु वालीलाइ रामले बध गर्नु भयो। वानरराज सुग्रीवको अगुवाइमा समुद्र(दक्षीण भारतको कन्या कुमारीमा) पुल वांधियो,हनुमान द्वारा लंकापुरी दहन भयो ,एता पुलवाट राम लक्ष्मण समेत लंका गएर रावण कुम्भकर्ण आदि असुरहरुलाइ वधगरेर सीतामातालाइ वापस लिएर आउनु भयो। संक्षिप्तमा रामयण कथा पूर्ण भयो। जयश्रीराम?

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
106 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।