उद्योग संघकाे खाद्यान्न वस्तुगत समिति संयोजकमा सुमन पिया

बुटवल । रुपन्देही उद्योग संघमा जारी वस्तुगत समिति गठन कार्यक्रम अन्तर्गत खाद्यान्न उद्योगीहरुको भेलाले बुधबार खाद्यान्न वस्तुगत समिति गठन गरेको छ । भेलामा प्रमुख अतिथि तथा संघका अध्यक्ष दिलिप सापकोटाले नब गठित खाद्यान्न समितिलाई बधाई तथा शुभकामना दिनुहुँदै खाद्यान्न उद्योगीहरुको एकरुपता एक आपसमा परिचयका साथै आप्mना उद्योगका उत्पादनहरुलाई एकअर्काबीच जानकारी गराउने, उद्योगहरुलाई सहज रुपमा संचालन र बजार ब्यवस्थापनमा हातेमलो गर्दै अगाडि बढ्न सहज होस् भन्ने सोंचले वस्तुगत समिति गठनलाई निरन्तरता दिंदै यहाँसम्म आइपुगेको बताउनु भयो ।

__________ बिज्ञापन____________

उहाँले समिति गठनको उद्देश्य बुझेर क्रियाशिल ढंगबाट परिचालित भई वस्तुगत समिति अघि बढ्नेछ भन्ने अपेक्षा लिएको बताउनु भयो । उहाँले खाद्यवस्तु मानिसको स्वास्थ्यसँग जोडिने हुनाले गुणस्तर उत्पादनमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।
भेलाको अध्यक्षता गर्नु भएका संघका प्रथम उपाध्यक्ष एवं संयोजक जिवकान्त काफलेले स्वागत गर्नुहुँदै वस्तुगत समिति गठनको उद्देश्य, काम, कर्तव्य र अधिकारको बारेमा उपस्थित खाद्यान्न उद्योगीहरुलाई विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले वस्तुगत समिति गठनको ऐतिहासिक पृष्ठभूमी र गरीमा बुझ्नलाई समेत आग्रह गर्नुभयो ।

__________ बिज्ञापन____________

खाद्यान्न उद्योगीहरुको भेलाले टाटा चाउचाउ उद्योगका सुमन पियाको संयोजकत्वमा ६ सदस्यीय खाद्यान्न वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा श्रीकृष्ण फुड प्रोडक्ट्सका अभिषेक जयसवाल, सचिवमा रेसुङ्गा फुड एण्ड वेभरेज इण्डष्ट्रिजका हरि गौतम, सदस्यहरुमा जयसवाल फेमस फुड प्रोडक्सका दिलिप कुमार जयसवाल, सन्दिप फुड्सका कृष्ण प्रसाद न्यौपाने र अन्नपूर्ण फुड प्रोडक्सनका प्रकाश आचार्य चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, महिला सचिव मन्जु भुसाल, का.स.सदस्य रमेश आचार्य र उद्योगी देविराम पाण्डे चयन हुनु भएको छ ।
भेलामा प्रतिवद्धता मन्तव्य राख्नुहुँदै नव गठित खाद्यान्न बस्तुगत समितिका संयोजक सुमन पियाले खाद्यान्न उद्योगीहरुले विश्वास गरी संयोजकको जिम्मेवारी दिनु भएकोमा रुपन्देही उद्योग संघ तथा खाद्यान्न उद्योगी मित्रहरु प्रति आभार व्यक्त गर्दै खाद्यान्न उद्योगीका भन्सार, बजार अनुगमन, उत्पादन गुणस्तर, नापतौल जस्ता तमाम समस्याहरु समाधानका लागि सम्बन्धित निकायमा पहल गर्न रुपन्देही उद्योग संघसँग सहकार्य गरी अगाडि बढ्नका लागि सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउँदै आफ्नाे प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

भेलामा धन्यवाद ज्ञापन गर्नुहुँदै रुपन्देही उद्योग संघका सहकोषाध्यक्ष विशाल बेलबासले खाद्यान्न उद्योगहरुका विभिन्न समस्याहरु समधानका लागि सम्बन्धित निकायहरुमा पहलका लागि खाद्यान्न वस्तुगत समितिले उद्योगी र संघबीच पुलको काम गर्नेछ भन्ने अपेक्षा लिएको बताउनु भयो ।
महासचिव हिरामणी भट्टराईको संचालनमा सम्पन्न भेलामा कार्यसमिति सदस्य शारदा भट्टराई, मिना थापा तुलाधर र रमेश आचार्य, प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी र खाद्यान्न उद्योगीहरुको सहभागिता रहेको थियो ।

स्रोत : सिम्रिक आवाज

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
20 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।