विश्वकप क्रिकेटको तयारी गर्न सरकारले क्यानलाई दियो ५ करोड

२३ फागुन, काठमाडौं । सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

__________ बिज्ञापन____________

नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ ।

__________ बिज्ञापन____________

क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङ्ग ज्यूप्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ ।’

सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले स्पष्ट पारेको छ ।

नेपाल विश्वकपमा छनोट भए लगत्तै प्रधानमन्त्री प्रचण्डले टिमको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको र अहिले त्यो प्रतिबद्धता परेको बताउँदै राखेपका सदस्य सचिव घिसिङ्गले अब खेलाडीले उच्च मनोबलका साथ तयारी गरेर विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको बताएका छन् ।

स्रोत : Online Khabar

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
23 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।