जिल्ला प्रशासन तनहुँमा अतिरिक्त समय कटौती, सेवा अब नियमित समयमा मात्र

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको भीड बढेपछि बिहान र बेलुका सञ्चालन हुँदै आएको अतिरिक्त सेवा समय हालका लागि कटौती गरेको छ। अबदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै सेवा कार्यालयको नियमित समयमै उपलब्ध हुने सूचनामा जनाइएको छ। सेवाग्राहीलाई आवश्यक काम नियमित समयमै सम्पन्न गर्न कार्यालयले अनुरोध गरेको छ।

रतौलीमा आयोजित सप्ताह ज्ञानमहायज्ञमा २२ लाख नाध्यो : दानवीर निकै उत्साहित,पर्सि समापन

दमौली । तनहुँको व्यास नगरपालिका–१ रतौली स्थित जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिनसम्म २२ लाख ८७ हजार ४३८ रुपैयाँ दान संकलन भएको छ । मन्दिरमा बहुउद्वेश्यीय धर्मशाला,होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्वेश्यले आयोजना गरिएको महायज्ञमा शुक्रबारसम्म उक्त रकम संकलन भएको हो । आज सबै भन्दा बढी दान सोही […]

बिराटनगर किङ्सको चौथो जित, कर्णाली याक्सविरुद्ध ३ विकेटले बिजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्समाथि विराटनगरले रोमाञ्चक जित निकालेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरका लागि बसिर अहमदले ४३ बलमा ६२ रन बनाए । त्यस्तै, लोकेश बम ६, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि […]

आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा सनम तामाङ

दमौली । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद तनहुँको अध्यक्षमा सनम तामाङ चयन भएका छन् । शुक्रबार सम्पन्न परिषद्‌को ७औं अधिवेशनबाट तामाङ अध्यक्षमा सर्वसम्मत भएका हुन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सिद्धान्त थापा मगर, उपाध्यक्षमा शेर बहादुर बोटे, महिला उपाध्यक्षमा शरु कुमाल, सचिवमा जीवन गुरुङ, कोषाध्यक्षमा ठाकुर दरै, सह-सचिवमा पृथ्वी भुजेल चयन भएका छन् । […]

पूर्व एआईजी पोखरेल रास्वपामा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् । पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी […]

एनपीएलमा काठमाडौंको तेस्रो जित, चितवनलाई ५३ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ । काठमाडौंले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाए भने शोहिल तन्विरले १८ रन बनाए । बलिङमा काठमाडौंका रसिद खानले […]

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला २२ सय रुपैयाँ बढेको छ । बिहीबार दुई लाख ४८ हजार ४०० रहेको छापावाल सुन शुक्रबार प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । बिहीबार तीन हजार […]

विशेष महाधिवेशनले पार्टी फुटाउँछ, पार्टी फुटेको म हेर्न सक्दिनँ– देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम लिएर पार्टीमा विवाद नगर्न आफूनिकट नेताहरूलाई चेतावनी दिएका छन् । बिहीबार दिउँसो आफूनिकट केन्द्रीय नेताहरूलाई बैठकमा बोलाएका उनले पार्टी नियमित र विशेष महाधिवेशन भन्दै किन विवाद गरेको भन्ने प्रश्नसमेत गरेका थिए । बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार सभापति देउवाले विशेष महाधिवेशनमा गए पार्टी फुट्ने र […]

नेपाल पुलिस स्कुल बेलचौताराले प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलले गण्डकी प्रदेशस्तरीय यु १६ अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्धेश्यसहित मङ्सिर १७ गतेदेखि २१ गतेसम्म विद्यालयले गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । खेलभावना विकास, अनुशासन र नेतृत्व क्षमता वृद्धि, प्रदेशका विद्यार्थीमा खेलकुदप्रतिको […]

आजको राशिफल ।

मंसिर १२ गते शुक्रबार । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। बैदेशिक यात्रा सफल।  मिष्ठान्न भोजन प्राप्ति । आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो बादविवादले दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। आर्थिक लाभको योग छ। शरीर स्वास्थ रहला।  चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।